कर्णालीमा कोरोनाको महामारी बढ्दो, ४ महिने शिशुमा समेत देखियो संक्रमण।

समाचार

कालिकोट,२१ जेठ । कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले दिएको पछिल्लो अपडेट अनुसार बुधबार थप पुष्टि भएको संख्या १६ रहेको छ । यससँगै प्रदेशमा कुल संक्रमित संख्या २ सय ७८ पुगेको छ ।

थपिएका मध्ये दैलेखका ७,सल्यानका २ जना र कालिकोटका ७ जना रहेका छन् ।

कालिकोटमा चार महिने शिशुमा समेत कोरोना देखिएको छ । उनीहरूको प्रदेश अस्पताल सुर्खेत पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।

readanother
सुर्य ग्रहणपछि विश्वभर फैलिएको कोरोना भाइरस नियन्त्रण हुने

काठमाडौं,२० जेठ।दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका महासचिव आचार्य सुरेशचन्द्र रिजालले असारमा सुर्य ग्रहणपछि विश्वभर फैलिएको कोरोना भाइरस नियन्त्रण हुने बताएका छन् ।

खगाेल अनुसन्धानकर्ताले विश्वभरिनै महामारी भई विश्वमै नयाँ परिवर्तन हुनेकुरा जानकारी गराएका कारणले सर्वत्र चर्चा हुन लागेकाे छ । इतिहासमै दुर्लभ भनेर भनिएकाे सूर्यग्रहण २०७६ साल पुस १० गते लागेकाे थियाे । हरेक वर्षलाग्ने ग्रहणले छुट्टै धार्मिक तथा वैज्ञानिक महत्त्व बाेकेकाे हुन्छ । लामाे समयदेखि ग्रहणकाे अनुसन्धान गरेका ज्याेतिषी सुरेश चन्द्र रिजालले विश्वमै नयाँ परिवर्तनको संकेत तथा पूर्वी तथा दक्षिणी देशहरुमा ग्रहणकाे उच्च प्रभाव रहने कुरा पुस १० गतेनै विभिन्न संचार माध्यमबाट जानकारी गराई सकेका थिए । नेपालमा विशेष सावधानी अपनाउनु पर्छ भन्दै सार्वजनिक रुपमानै आग्रह गरेका रहेछन ।

उनले एभिन्यूज टेलिभिजन,प्राइम टेलिभिजन,याेहो टेलिभिजन लगाएत एक दर्जन संचार माध्यमबाट लेख तथा अन्तर्वार्ता दिएकाे कुराकाेअहिले सर्बत्र चर्चा चलिरहेको छ । जनवरीकाे २०२०काे पहिलाे सातादेखि उक्त भाइरस फैलन सुरुगरेकाे अन्तर्राष्ट्रिय सन्चार माध्यमले जानकारी गराएका छन् । उनले भनेकाे कुरा अहिले सत्यसाबित भएपछि उनकाे चर्चा खाेजी सामाजिक संजालमा अत्याधिक हुन लागेकाे छ । पूर्णरूपमा नियन्त्रणका लागि २०७७ साल अाषाढ ७ गते(जुन २१ २०२० मा)लाग्ने सूर्यग्रहण बाट पूर्णरुपमा नियन्त्रण हुने समेत जानकारी गराएका छन् ।

सूर्ण ग्रहणबाट सुरु भएकाले अर्काे सूर्यग्रहण पछि मात्रै यसकाे पूर्णरुपमा नियन्त्रणमा रहने समेत जानकारी गराएका छन। कसरी अध्यययन गरेका थिए विश्वमै महामारी हुन्छ भनेर ? लामाे समयदेखि ज्याेतिष तथा खगोल शास्त्रकाे अध्ययन गरिरहेका रिजालले खगाेलीय घटना हुन लागेकाे समयमा ग्रहहरुले पृथ्वीमा कुन-कुन समयमा नकारात्मक तरङ्ग निकालिरहेका हुन्छन् भनेर विभिन्न समयमा लाग्ने सूर्य तथा चन्द्र ग्रहणका माध्यमबाट अनुसन्धान गरिरहेका थिए । धेरै लामाे समयपछि पुस १० लागेकाे ग्रहणकाे अध्ययनकै आधारबाट उनले पूर्वी तथा दक्षिणी देशहरुमा यसकाे प्रभाव उच्च रहनै भन्दै सावधानी समेत अपनाउनु सुझाव दिइएका थिए ।

सम्पूर्ण जीवननै यस्तै खाेज तथा अनुसन्धानमा नै लगाई रहेकाले हरेक पटक लाग्ने ग्रहणकाे गहिरो अनुसन्धान गर्दै आईरहेका छन् । उनकाे भनाइ अनुसार ६ औटा ग्रह एकै राशिमा आएकाे अवस्थामा लागेकाे इतिहासकै दुर्लभ सूर्यग्रहणमा राहु तथा केतुबाट आउने जुन प्रकारकाे रेडिएसन थियाे त्याे एकदमै हानिकारक थियाे । खगोलकाे भाषामा अहिले पनि राहु तथा केतु ग्रहलाई सर्पकाे संज्ञा दिइएको छ ।

वैदिक बिधि अनुसार सर्पकाे पुजा तथा आराधना गरेर शान्त पारिने बिधि शास्त्रमा उल्लेख गरिएको छ । यसैबाट कालसर्प नामक याेग निर्माण हुन्छ उक्त याेग एकदमै दुर्लभ याेगकाे रुपमा विभिन्न शास्त्रमा व्याख्या गरिएको छ । डिसेम्बर अन्तिममा जानकारी भएकाे काेराेना भाइरस पनि एक प्रकारकाे सर्पबाट निस्कने बीस नै हाे । पूर्वी देशबाट सुरुभएकाे उक्त भाइरसबाट बच्नका लागि सावधानी नहुने हाे भने यसले नेपालमा समेत विकराल रुप लिनसक्ने संकेत देखिएकाे छ ।

वायुमण्डलबाट फैलने उक्त जीवाणुलाई निष्कृय पार्नका लागि राज्यबाटै वायुमण्डल शुद्धीकरण गर्ने बिधिअपनाउन विज्ञहरुले सुझाव समेत दिईरहेका छन् । उक्त कुरा रिजालले हिन्दुखबर डटकमका संवाददाता शिवलाल पौडेललाई जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *