२१ दिनकी शिशुले कोरोना मथि गरेको यो बिजय ले संसार अचम्मित,भन्छन “देबि दुर्गाको बास

समाचार

काठमाडौं । भनिन्छ बच्चामा भगवानको बास हुन्छ र एउटा बच्चाको जस्तो पबित्र आत्मामा भगवानको बास हुने गरेको पाइन्छ।तर आफ्नै बच्चा माथि विपद आइपर्दा एउटी आमामा कस्तो पिडा हुन्छ भन्ने कुरा अनुमान लागाउन सकिन्छ।यस्तै आबस्था स्कट्ल्यान्ड कि एक युवती लाइ भएको थियो। स्कटल्याण्डकी ट्रेसी मेग्वायर त्यो पल याद गर्छिन्, जहाँ डाक्टरले आफ्नो तीन साताकी छोरीको नाकमा कोरोना भाइरस परीक्षणका लागि स्वाब हाल्दै गरेको देखेकी थिइन् ।यो उनका लागि निकै कठिन दृश्य थियो । उनी भन्छिन्,‘यो पहिलो पटक थियो कि मैले मेरो बच्चाको आँखामा आँसु देखेकी थिए । म पनि रोइरहेको थिएँ । सायद त्यो अवस्थामा हामीले एकअर्कालाई साथ दिइरहेका थियौँ ।’

समयभन्दा पनि पहिला नै जन्मिएको उक्त बच्चाको तौल केवल डेढ किलो थियो । उनलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुष्टि हुँदा उनको उमेर तीन साताको थियो ।२६ मार्चमा उनको जन्म भएको थियो । उनी परिवारमा आएपछि परिवारले उनको स्वागतको लागि राखेका धेरै कामहरू रोकिएरै बसेका छन् ।बच्चालाई जन्म दिएपछि पनि प्रि–एक्लेमप्सियाको समस्या हुनसक्ने भन्दै उनले लंकाशायरको विशाव अस्पताल पठाइएको थियो ।

बच्चालाई कोरोना भएको थाहा भएपछि…बच्चालाई नुहाउँदा नै कोरोना भाइरसको केही लक्षण देखिएको थियो । तर,त्यस्ता लक्षणहरू पहिचान गर्नु निकै कठिन काम थियो । आफूले जन्माएको सन्तान मुलुकको सबैभन्दा कम उमेरको कोरोना संक्रमित बन्नु ट्रेसीको लागि पीडादायी समाचार थियो ।ट्रेसीलाई डाक्टरहरूले बच्चाको अवस्था ठिक रहेको तर कोरोना भाइरसको संक्रमण रहेको बताएका थिए । उनीहरूले जति सान्त्वना दिए पनि ट्रेसीको मन भने आत्तिरहेको थियो ।छोरीलाई कसरी कोरोना भाइरसको संक्रमण देखियो र यति सानो उमेरमा उसले कसरी कोरोना भाइरसँग लड्न सक्लिन् भन्ने चिन्ताले उनलाई सताइरह्यो । पेटोन (शिशुको नाम)लाई श्वासप्रश्वासमा सहज होस् भनेर स्टेरोयड दिइएको थियो ।

नर्सहरूले बच्चाको राम्रो स्याहार गरिरहेका थिए । यद्यपि अपरेसनपछि ट्रेसीलाई घर जान सुझाइएको थियो र १४ दिनसम्म शिशुभन्दा टाढा नै रहनुपर्ने बताइएको थियो ।ट्रेसीले डाक्टरसँग शिशुसँग टाढा रहन नचाहेको सुनाइन् । उनको भावनालाई सम्मान गर्दै डाक्टरहरूले पनि सँगै बस्न सक्ने अनुमति दिए । तर,उनका पतिले भने घर आएपछि आइसोलेसनमा बस्नुपर्ने भयो ।बिस्तारै दिनहरू बित्दै गए । स्कटल्याण्डमा कोरोना संक्रमित तथा मृत्यु हुनेको संख्या बढ्दै गए । तर,पेटोन भने ठिक हुँदै थिइन् ।ट्रेसी पतिको स्थानमा आफूलाई राखेर हेर्दा भने आफू असहाय भएको पाउँछिन् । एक त उनकी छोरी जन्मिएको केही समयमा नै यो अवस्थामा पुगेकी थिइन् भने पत्नी पनि पूर्णरुपमा स्वस्थ छैनन् । तथापि उनी भने नजिक आउन पाउँदैनन् ।

डाक्टर र नर्समाथि भरोसा राख्नुहोस्:
ट्रेसी आफ्नी छोरीसँग घर फर्किइन् । अहिले उनी र उनको परिवार डाक्टर र नर्सको प्रशंसा गर्ने गर्छन् ।ट्रेसी उनीहरूले आफ्नो स्वास्थ्यलाई नै जोखिममा राखेर अविश्वसनीय काम गरिरहेको बताउँछिन् । उनीहरूले आफ्नो कुनै चिन्ता नगरी छोरीलाई भोको नराखेकोमा टे«सीले आभार व्यक्त गरिन् ।

स्रोत : बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *