विदेशी दलाल नै सरकारमा पुगेर बिटुलो बनाएको भन्दै धोइयो राष्ट्रिय झण्डा

राष्टिय

काठमाडौ । सरकारमा पुगेका विदेशी दलाल (एजेन्ट) ले नेपालको राष्ट्रिय झण्डा बिटुलो बनाएको भन्दै शुद्धीकरणका लागि आज राजधानीमा राष्ट्रिय झण्डा धोएर सांकेतिक विरोध प्रदर्शन गरिएको छ। विदेशी दलाल (एजेन्ट) हरु नै सरकारमा पुगेर टेबलदेखि गाडीसम्म झण्डा राखेर बिटुलो बनाएको स्वतन्त्र राष्ट्रिय अभियान नेपालको ठहर छ ।

यसैले राष्ट्रिय अभियान नेपालको नेतृत्वमा माइतीघर मण्डलमा भेला भएर यो प्रकारको विरोध गरेका हुन्। विदेशी एजेन्ट होसियार, राष्ट्रघाती एमसिसी चाहिँदैन लगायत नारा उनीहरुले लगाएका थिए। उपस्थित प्रदर्शनकारीले झण्डा धोएर झण्डालाई सलाम गरेका थिए। त्यसैगरी अभियानले ७७ वटै जिल्ला समिति,नगर र गाउँ समिति तथा अभियानका २२ वटा देशमा रहेका शाखामा समेत राष्ट्रिय झण्डा धोइएको भन्दै सांकेतिक विरोध गरिएको जनाएका छन्।

कार्यक्रममा अभियानका संयोजक तथा अधिवक्ता स्वागत नेपालले यस्तो सांकेतिक विरोध सबैभन्दा शक्तिशाली शान्तिपूर्ण विरोध कार्यक्रम भएको बताए। सन् २००० पेरुमा महिलाले मात्र आफ्नो देशको सरकारले विदेशीको इच्छाअनुसार जनघा’ती र राष्ट्रघा’ती सम्झौता गरेको विरोधमा राष्ट्रिय झण्डा धोइएको र त्यसैबाट सुरु भएको यस्तो विरोध आन्दोलनले अल्बर्टो फुजीमोरीको सरकार ढलेको उनले उदाहरण दिएका थिए।

साथै उनले पवनपुत्र हनुमानले समेत आफ्नो झण्डा विरोधीहरुले अपवित्र बनाइदिएपछि जडीबुटी र जलले धोई पवित्र बनाएको पनि स्मरण गराए। कार्यक्रममा स्वतन्त्र राष्ट्रिय साहित्यकला अभियानका विभागीय अध्यक्ष साहित्यकार तथा अधिवक्ता कृष्ण प्रसाइ, अर्थ विभाग प्रमुख बोधनाथ न्यौपाने, विद्यार्थी अभियानका इञ्चार्ज के के थापा, केन्द्रीय सदस्य फत्ते परियार समेतले बोलेका थिए ।source-janaboli.com

readanother
रात परेपछि भारतीय राजदुतलाई भेट्न लैनचौर पुगे बास्कोटा, ‘गोप्य’ कुरा बाहिरिएपछि यसरी गरे बचाउँ
!http://namastedainik.com/5557/

काठमाडौं । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भारतीय राजदूत विनयमोहन क्वात्रासँग भेट गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको‘विषेश दूत’बनेर गत आइतबार साँझ बाँस्कोटा भारतीय राजदूत क्वात्रासँग गर्न लैनचौरस्थित दूतावासमा पुगेका हुन् । बाँस्कोटा भारतीय राजदूतसँग भेट गर्न लैनचौरस्थित दूतावासमा गएको स्रोतले दाबी गरेको छ।

स्रोतका अनुसार आइतबार साँझ ७ बजेर १० मिनेटमा दूतावासभित्र प्रवेश गरेका बाँस्कोटा साँढे आठ बजेतिर मात्रै त्यहाँबाट बाहिरिएका थिए। बाँस्कोटा र भातीय राजदूतबीच राजदूतको निवास ‘इन्डिया हाउस’मा छलफल भएको थियो। सुरुमा भारतीय दूतावासका केही कर्मचारीसहित सामूहिक छलफलपछि बाँस्कोटा र राजदूत क्वात्राबीच मात्रै एक घण्टा एक्लाएक्लै छलफल भएको थियो।

भेटमा के विषयमा छलफल भयो भन्ने विषयमा भने दुवै पक्षले केही खुलाएका छैनन्। सुरुमा बाँस्कोटाले दूतावास बाहिर कुनै ठाउँमा भेट्न भारतीय राजदूतलाई आग्रह गरेका थिए। तर भारतीय राजदूतले दूतावास बाहिर नभेट्ने बताएपछि बाँस्कोटा आफैँ दूतावास पुगेका थिए।

क्वात्रासँग भेटको बाँस्कोटा आफैँले स्वीकार गरेका छन्।‘मिति याद भएन, सीमा विवादका विषयमा भारतसँग वार्ता गर्ने हाम्रो नीति नै हो। त्यसैले भेट गर्ने र छलफल गर्ने विषयलाई अस्वभाविक रुपमा लिनु हुँदैन,’बाँस्कोटाले भने,‘भेटेको विषयलाई अस्वभाविक लिने हो भने वार्ता हुँदैन,त्यसो हुँदा बन्दुक तेर्साउनु पर्छ त्यो क्षमता हामीसँग छैन।’

बाँस्कोटासँग भेट्नुअघि भारतीय राजदूत क्वात्राले एक जना प्रमुख दलका नेतासँग बाँस्कोटाबारे जानकारी लिएका थिए।‘गोकुल बाँस्कोटा प्रधानमन्त्री ओलीको दूतको रुपमा भेट्न आउँछु भनेका छन्,उनको र ओलीको सम्बन्ध के हो भनेर मलाई सोधिएको थियो,’ ती नेताले भने,‘मसँग कुरा भएको दोस्रो दिन उहाँहरुको भेट भएको रहेछ।’

पछिल्लो समय नेपाल र भारबीचको सम्बन्ध चिसिएको छ। स्रोतका अनुसार भारतसँग बिग्रिएको पछिल्लो सम्बन्धलाई सुधार गर्न प्रधानमन्त्री ओलीले आफ्ना दूत खटाएका छन्। ओलीले भारतीय जनता पार्टीको भ्रातृ संगठनको रुपमा रहेको राष्ट्रिय स्वयमसेवक संघमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफलको वातावरण बनाउन पनि पहल गरिरहेका छन्।

स्रोतका अनुसार ओलीले भारतीय विदेश मामला जासुसी निकाय रअ (रिसर्च एण्ड एनालाईसिस विङ)का प्रमुख समान्त गोयलसँग पनि सम्पर्कको थालनी गरेका छन्। प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन कुराकानी गर्ने तयारी अघिल्लो साता भारतीय पक्षले अस्वीकार गरेपछि ओलीले मोदीको सम्पर्क सुत्रहरु खोज्दै दूतमार्फत सम्बन्ध सुधार गर्ने प्रयास थालेका हुन्।
source-everestpati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *