भाडाको विषयमा विबाद हुँदा यूएईबाट आज आउने भनिएको पहिलो उडान रोकियो

समाचार

काठमाडौँ । आज यूएईबाट र नेपालीलाई ल्याउने भनिएको पहिलो उडान नै रोकिएको छ । विमानको भाडा स्वदेश आउन लागेका यात्रु वा सरकारले तिर्ने भन्ने विषयमा विवाद हुँदा आज मध्यान्हका लागि तय भएको उडान अनिश्चित भएको हो ।

यूएईले आफ्नै खर्चमा एयर अरेबियाका आठ उडानमार्फत अलपत्र नेपालीलाई पठाउने तालिकासहितको प्रस्ताव पठाएकोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार अनुमति दिएको भएता पनि सरकार र कामदारबिच कुरा नमिल्दा पहिलो गासमा नै ढुंगा लागेको हो ।

१ सय ६८ जना सिट क्षमताको विमानमा नेपालीलाई पठाउने र पहिलो उडान शुक्रबार साँझ ६ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने भनिएको भएता पनि अन्तिम समयमा आएर अनिश्चित बनेको हो । यसैबिच आर्मीका दुई हजाज मार्फत म्यानमारबाट आज नेपालीलाई स्वदेश ल्याइदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *