भारतबाट आउनेलाई भारतीय चेली नै भन्ने हो, संसदमा हिन्दीमा भाषण गर्न पाइदैन – गँगा चाैधरी (भिडियो सहित)

समाचार

काठमाण्डाैं ।सदनमा सांसदको रुपमा उपस्थित भएका सबैले निश्चित प्रक्रिया पुरा गरेर आएको भन्दै उनले सबैको सम्मान गर्ने गरि मन्तव्य दिन पनि आग्रह गरिन् । उनले हिन्दप् भाषामा बोल्ने आफूहरुमाथि भेदभाव गरिदै आएको आरोप पनि लगाइन् । सांसद अग्रहरीले बोल्दै गर्दा सत्तारुढ दलका सांसदहरुले संसदीय मर्यादा विपरित नाम नै किटान गरेर अभिव्यक्ति दिइएको भन्दै आपत्ति जनाएका थिए ।

जेठ १९ गतेको प्रतिनिधिसभा बैठकको शुन्य समयमासांसद गंगा चौधरी सद्गौवाले भारतबाट अतिक्रमित नेपाली भूमिका विषयमा दिएको अभिव्यक्तिलाई लिएर सांसद गिरी र अग्रहरीले आपत्ती जनाएका हुन् । सांसद सद्गौवाले भनेकी थिइन्,‘अनुदानसँग जमिन स्वमिमान र राष्ट्रियता कदापि साट्न मिल्दैन ।

नेपालमाथि भारतको दादागिरी नमिचिएको ठाउँ छैन । न हेपिएको गाउ छैन । भन्दा भन्दै भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो । भूमि मिचाहासँग सल्लाह छलफल गर्नुपर्यो रे । आफ्नो जमिन मेरो हो भन्न पनि मेरो देशको भूमि मिचाहासंग सोध्नुपर्ने ? यो कस्तो बिडम्बना सभामुख महोदय ?

जब यो देशका प्रधानमन्त्री एउटा सपना योजना फ्याँक्छन् अनि रअ का एजेण्टहरु १५ दिनसम्म घाइते हुन्छन् । अनि सपनाको विरुद्धमा सम्पुर्ण शक्ति लगाएर बुरुक्क बुरुक्क उफ्रन थाल्छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *