नेपालमा बाबा रामदेवको योग प्रतिबन्ध गर्न सांसदको माग

समाचार

काठमाडौँ:नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतीय बाबा रामदेवको योग नेपालमा प्रतिबन्ध लगाउनुपर्ने माग गरेकाछन् ।  चिकित्सा विज्ञानले प्रमाणित नगरेको भन्दै सांसद प्रेम सुवालले नेपालमा रामदेवको योगमाथि प्रतिबन्ध लगाउन माग गरेका हुन् ।

शनिबार बसेको प्रतिनिधि सभा बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायतमा विनियोजन शीर्षक माथिको खर्च कटौती प्रस्ताव पेश गर्दै सांसद सुवालले रामदेवको योगमाथि प्रतिबन्ध लगाएर फिजिओ थेरापी र शारीरिक शिक्षाका जानकारबाट स्वास्थ्य अभ्यास संचालन गर्नुपर्ने बताएका हुन ।

‘चिकित्सा विज्ञानले प्रमाणित नगरेको रामदेवको योगलाई प्रतिबन्ध लगाई, फिजिओ थेरापी र शारीरिक शिक्षाका जानकारबाट स्वास्थ्य अभ्यास सञ्चालन गर्नु जरुरी छ’सुवालले भने,‘मुटु, मृगौला र क्यान्सरको जेनेरिक औषधी आयातमा सहज र नेपालमै उत्पादन गर्ने व्यबस्था गर्नु पर्छ ।’

त्यस्तै सांसद सुवालले काठमाडौँमा जनसंख्या केन्द्रित गर्न रोक्नु पर्ने बताए।‘नेपाली जनता खान नपाएर भोकमरीले जनता छट्पटिने अबस्था आउने खतरा छ । भोकमरीको मारमा परेका जनता सिंहदरवार,बालुवाटार र शीतलनिवास वरिपरि सुत्न आउछेन, त्यो दिन टाढा छैन’सुवालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *