विदेशबाट नेपाल आएका नेपालीहरूले आफ्नै खर्चमा बस्ने चाहनेहरूका लागि होटलको सूची।

समाचार

काठमाडौ : विदेशबाट नेपाल आएका नेपालीहरूले आफ्नै खर्चमा बस्ने चाहनेहरूका लागि सरकारले होटलको सूची प्रकाशन गरेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले पहिलो चरणमा उपत्यकाको ४३ वटा होटलको सूची सार्वजनिक गरेका हो ।

होटल संघ नेपालले सरकारलाई बुझाएको होटलको विवरणका अनुसार सूची सार्वजनिक गरिएको कार्यालयले जनाएको छ । आफ्नै खर्चमा नेपाल आएर आफैं खर्च गरेर क्वारेन्टिनमा बस्न चाहनेले यि होटल प्रयोग गर्न सक्नेछन । सरकारले पहिलो चरणमा काठमाडौं, नगरकोट, धुलिखेल पोखराका होटललाई क्वारेन्टिन बनाउने तयारी गरेको छ ।

यसरी बस्नेहरुका लागि चारतारे होटलमा एक शैय्याको लागि आठ हजार र दुई तारे होटलमा पाँच हजार शुल्क तोकिएको छ । यसमा चार पटकसम्मको खाना र खाजा पनि समावेश हुनेछ । पर्यटकीय स्तरका होटलमा एक्लैको लागि तीन हजार र दुई जनाको लागि प्रतिव्यक्ति दुई हजार रुपैयाँ निर्धारण भएको छ । हेर्नुहोस् होटलको सूची :

Leave a Reply

Your email address will not be published. Required fields are marked *