कोरोना भाइरस संक्रमणमा भारत इटली भन्दा अगाडी, दिनमा झण्डै दश हजार संक्रमित

समाचार

विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणमा भारतले इटलीलाई पनि जितेको छ । विश्वमै धेरै संक्रमित भएका देशहरुको सूचीमा छैटौ अग्रपंक्तिमा रहेको इटलीलाई उछिनेर अहिले भारत छैटौ अग्रपंक्तिमा पुगेको हो ।

भारतमा अहिले कुल संक्रमितको संख्या २ लाख ३६ हजार ६५७ पुगेको अधिकारीहरुले जनाएका छन् । इटलीमा भने अहिलेसम्म दुई लाख ३४ हजार ५३१ जना कोरोना भाइरस कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या भने भारतमाभन्दा इटलीमा अत्यधिक धेरै रहेको छ । भारतमा अहिलेसम्म ६ हजार ६४२ को मृत्यु भएको छ भने इटलीमा ३३ हजार ७७४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

भारतका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ८८७ जना संक्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा २९४ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ ।

भारतमा संक्रमित भएका मध्ये १ लाख १४ हजार ७३ जना संक्रणमुक्त भएर अस्पतालबाट घर फर्किएका छन् । देशभरी संक्रमित मध्ये सवैभन्दा धेरै महाराष्ट्रमा ८० हजार २२९ जना भएको मन्त्रालयले जनाएको छ । ती मध्ये ४२ हजार २२४ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन्
दोस्रो स्थानमा रहेको तमिलनाडू राज्यमा कुल २८ हजार ६९४ जना संक्रमित भएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

<>लकडाउन असफल– राहुल गान्धी
यसैबीच भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले जारी राखेको लकडाउन असफल भएको टिप्पणी गरेका छन् । उनले भारत सरकारले लिएको लकडाउनको नीतिले कोरोना भाइरसको संक्रमण रोक्न नसकेको आरोप लगाए ।

पछिल्ला दिनहरुमा भारतमा हरेक दिन ९ देखि १० हजार सम्म संक्रमितहरु थपिने गरेकोले सरकार यो महामारी रोक्न असफल भएको उनले बताएका हुन् ।

लकडाउनले पनि यहाँको महामारी रोक्न नसकेपछि अब सरकारले अरु विकल्पहरु रोज्नुपर्ने पनि ट्वीटमार्फत उनले सुझाव दिएका छन् ।
रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *