सांसद गङ्गा चौधरीको उद्घोष- मलाई माफि माग्नु पर्छ भन्नेहरुले नै, हाम्रो नेपालसंग माफी माग्नु पर्छ !

समाचार

रुपनी जिएम – पछिल्लो समय नेपालको संसद भवनमा राष्ट्रियाताको विषयलाई लिएर सांसदहरुबीच निकै नै चर्काचर्की भएको छ । नेकपा सांसद गंगा चौधरी र संघिय समाजबादीकी सांसद सरिता गिरीबीचको विवाद यतिखेर उत्कर्षमा पुगेको छ ।

जेठ १९ गते प्रतिनीधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद चौधरीले संसदमा भारतीय चेलीको दादागीरी बढ्दै गईरहेको बताएकी थिईन् । उनको अभिव्यक्तिमा आपत्ति जनाउँदै भारतीय चेलीको उपनाम पाएकी सांसद गिरीले सांसद चौधरीलाई गैर जिम्मेवारपुर्ण अभिव्यक्ति दिएकोमा माफि माग्नु पर्ने सभामुखसंग माग गरेकी थिईन् । साथै उनले भारतीय चेली नेपालको कानुन अनुसार नै संसदमा आएको पनि बताएकी थिईन् ।

सांसद गिरीसंगै संसद भवनमा अर्की सांसद अमृतादेवी अग्रहरीले पनि भारतीय चेली भनिएको विषयमा रोस प्रकट गरेकी थिईन् । सांसद चौधरीलाई माफि मगाईनु पर्छ भन्ने सांसद गिरीको अभिव्यक्तिले नै पछिल्लो समय मिडिया तताएको छ । र यो एउटा बहसको विषय नै बन्न पुगेको छ । यस विषयमा देश विदेशमा रहेका नेपाली जनताहरुले सांसद चौधरीको समर्थनमा आफ्ना सकारात्मक धारणाहरु पनि सार्वजनिक गरिरहेका छन् । यसै विषयमा ताजाखबरले सांसद गंगा चौधरीसंग कुराकानी गरेको छ । २०४९ सालदेखि सुदुरपश्चिमको कैलालीबाट राजनीतिक यात्रा शुरु गरेकी उनै सांसद चौधरीसंग गरिएको कुराकानीको केही अंश

पछिल्लो समय तपाँई ‘भारतीय चेलीको संसदमा दादागीरी’ भन्ने अभिव्यक्तिबाट निकै नै चर्चा कमाई रहनु भएको छ । तपाँईको समर्थनमा सबै नेपालीहरुले आ–आफ्नो धारणाहरु पस्कि रहेका छन् । कस्तो महसुस गर्दै हुनुहुन्छ ?

आज बल्ल मैले आफ्नो राष्ट्रकोलागी लड्दैछु भन्ने महसुस गरिरहेको छु । गर्वको महसुस गरिरहेको छु । मैले, मेरो अभिव्यक्तिमा आएका प्रतिकृयाहरुलाई हेरिरहेको छु । ती प्रतिकृयाहरुमा सबैले मेरो भनाईप्रति आफ्ना सकारात्मक विचारहरु दिई रहनु भएको छ । यसबाट म के बुझ्छु भने मैले सबै नेपालीको मनको कुरा बोलेको रहेछु । मलाई कुनै एउटा नेपालीले गाली गरेको वा यस्तो अभिव्यक्ति नदिएको भए हुन्थ्यो गंगाले भनेर भनेको देखाई दिनुस् अनि विचार गरुँला ।

जब मलाई कुनै पनि नेपाली जनताले संसदिय मर्यादा भन्दा पर गएर बोल्यो गंगाले भनेर भन्नु भएको छैन । भने म किन गर्व नर्गनु ? कमसेकम नेपाली जनताको हीतमा, देशको सार्वभौम सत्ता र अखण्डताको पक्षमा, संसदको मान मर्यादामा आँच नआउने गरेर मैले बोलेके कुरामा म मात्रै नभई सबै नेपाली जनताले गर्व गर्नु पर्छ । मैले पनि त्यही नै महसुस गरिरहेको छु ।

तपाँईले नाम किटान गर्दै ‘भारतीय चेलीको दादागीरी’ भनेर संसदमा दिएको अभिव्यक्तिप्रति संघिय समाजबादी दल भित्र निकै नै खैलाबैली मच्चिएको छ नी । त्यसको नतिजा त आज संसदमा तपाँईले देखि नै हाल्नु भयो । यो विषयमा के भन्नु हुन्छ ?

मलाई राम्रोसंग थाहा छ, जेठ १९ गते हाउसमा बोल्दा मैले कसैको पनि नम लिएको छैन । त्यसैले मेरो अभिव्यक्तिप्रति कसैले चर्को स्वर पारेर कराउन आवश्यक नै देख्दिन । जस्लाई खसखस परेको छ र जो बिना अर्थमै उफ्रि रहनु भएको छ त्यसले त्यो दिनको रेकर्ड हेरेर बोलोस् । संसदमा नाम उच्चारण गरेर टिकाटिप्पणी गर्न मिल्छ या मिल्दैन भन्ने कुरा मलाई पनि राम्रोसंग थाहा छ । यो विषयमा कुनै एक सांसदले अर्को सांसदलाई सिकाउन जरुरी नै छैन ।

रह्यो कुरा ‘भारतीय चेलीको दादागीरी’ भन्ने । यो कुनै आपत्तिजनक भनाई नै हैन । जस्मा यत्ति धेरै आपत्ति जनाईएको छ । जो जाहाँबाट आउँछ उस्लाई त्यही ठाउँको नामले सम्बोधन गरेर मैले बोलेको छु । अब बाँकी रह्यो दादागीरीको कुरा त्यो त मैले दोहोराई तेहेराई केही भन्न आवश्यक छ र ? सबै नेपाली जनताले जाने बुझेकै कुरा हो ।

यदि उहाँले आफुलाई नेपाली भन ठान्नु हुन्छ भने सबै नेपाली जनताको तर्फबाट मेरो प्रश्न छ उहाँ भारतीय चेलीलाई कि, आफ्नो देशको नक्सा सार्वजनिक गर्नकोलागी किन छिमेकीसंग सोध्नु पर्ने हामीले ? के उहाँको माईती देशले हामीलाई सोधेको थियो र ? लिपुलेकमा सडक बनाउनु पुर्व ? कस्तो दादागीरी ? उद्घाटन गरिसकेपछि हामीलाई थाहा भयो ।

के त्यतिबेला उहाँको माईती देशकाले हामीलाई, हामी तपाँईको जमीनमा सडक बनाउँदै छौं, तपाँईहरुको राय के छ भनेर सोधेका थिए र ? भारतीय चेली भन्दा पिर मान्नेले यदि उहाँलाई साँच्चिकै सुराली देशको चिन्ता हुन्थ्यो भने उहाँले पहिले आफ्नो माईती देशका प्रधानमन्त्रीलाई सोध्नु पथ्र्यो । कि, किन मेरो ससुराली देशको सिमा मिचेर सडक बनायौ भनेर ? आफ्नो माईती देशले सही नसक्नु दादागीरी गरी रहंदा उहाँले केही नबोल्ने । बोले पनि उतैको पक्षमा बोल्ने । अनि यस्लाई उहाँहरुको दादागीरी नभनेर के भन्ने त ?

सांसद गिरीले त तपाँईलाई संसदिय मान मर्यादालाई कुल्चदैं बोलेको भन्ने आरोप लगाएर सार्वजनिक माफि माग्नु पर्छ भन्दै सभामुखसंग माग राख्नु भयो नी । माफि माग्नु हुन्छ त ?

केकोलागी माफि ? कोसंग माफि ? कस्तो माफि ? माफि मैले हैन जस्ले माफिको कुरा गरेको छ नि उसैले माग्नु पर्छ माफि संसदको अगाडी । ३ करोड जनताको अगाडी । उहाँहरु आफैं नै राष्ट्रको हीत नहुने अभिव्यक्ति दिने, सार्वभौमसत्ता र अखण्डताको विरुद्धमा बोल्ने, उहाँहरुले नै संसदमा खुलेआम दादागीरी मच्चाउँँदै मरो देशको विरुद्धमा बोल्ने, त्यस्तो व्यक्तिले माफि माग्ने कि मैले माग्ने ?

तपाँईकै यो ताजाखबरबाट म भन्छु यो माफिको विषयमा म संसदमा पक्कै बोल्ने थिएँ । तर म सत्ता पक्षको सांसद हुँ । त्यसैले किन दोहोरी खेल्ने भनेर म चुप लागें । यसको अर्थ कदाचित यो होईन कि मेरोलागी बोल्ने अरु कुनै प्लेटफर्म नै छैन । तपाँईकै यो मिडियाबाट भन्न चाहान्छु ,माफि मैले हैन जस्ले मलाई माग्नु पर्छ भनेका छन् उनीहरुले नै माफि माग्नु पर्छ नेपाल आमासंग माफि । उनीहरु नै झुक्नु पर्छ मेरो देशको सामुन्ने । मेरो राष्ट्रियताको सामुन्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *