कर सहुलियत गर्न राष्ट्रिय शैक्षिक परामर्श संघको माग

समाचार

राष्ट्रिय शैक्षिक परामर्श संघले प्रभावित व्यावसायिक क्षेत्रलाई कर सहुलियत गरिदिनका लागि सरकारलाई आग्रह गरेको छ ।
संघले एक विज्ञप्ति जारी गर्दै कोरोनाबाट प्रभावित व्यावसायिक क्षेत्रलाई ऋण र पुनर्कर्जाको सुविधा, कर छुट तथा कर तिर्नका लागि सहज समयावधि साथै कर्मचारीको तलबमा लाग्ने करमा अधिकतम् सहुलियत प्रदान गरी व्यवसायिक हौसला र प्रोत्साहन तथा व्यवसाय सुचारु गर्ने वातावरण प्रदान गरिदिन सरकार समक्ष अनुरोध गरेको हो ।

कोरोना भाइरसको प्रभावलाई नियन्त्रण गरिसकेका मुलुकका लागि वैदेशिक शैक्षिक अनुमति पत्र सुचारू गरिदिनहुन पनि आग्रह पनि गरेको छ ।
यस परिवेशमा लकडाउन खुलेपछि कार्यालय सञ्चालनार्थ घरभाडा, कर्मचारीको तलब, भत्ता, मसलन्द खर्च तथा अन्य खर्चहरू सरकारका विभिन्न करका साथै आफ्नो पनि दैनिकी गुजारा गर्न निकै कठिन अवस्था उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *