सुनको मूल्य प्रतितोला १० हजार ४ सयले बढ्यो

समाचार

सुनको मूल्य प्रतितोला १० हजार ४ सयले बढ्यो
काठमाडाैं, २५ जेठ । लकडाउन पछि पहिलोपटक सुनचाँदी व्यवसायी महासंघले आइतबारबाट सुनचाँदीको भाउ तोकेको छ ।

सरकारले कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै लकडाउन गरेपछि चैतमा तोकेको सुनको मूल्यमा साढे दुई महिनापछि नयाँ भाउ तोकेको हो

सुनचाँदी व्यवसायी महासंघले यस अघि चैत १० गते अन्तिम पटक छापावाला सुनको भाउ प्रतितोला ७७ हजार रुपैयाँ र चाँदीको भाउ ७२० रुपैयाँ तोकेको थियो ।

महासंघले सार्वजनिक गरेको नयाँ मूल्य प्रतितोला ८७ हजार ४०० रुपैयाँ तोकिएको छ । त्यसैगरी चाँदीको भाउ पनि तोलामा २०५ रुपैयाँले बढेर ९२५ रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *