हिरोसिमा र नागाशाकीमा ब`म खसाल्ने अमेरिकाले काठमाडौंमा बम खसाल्दैन् भन्ने के ग्यारेन्टी

समाचार

काठमाडौं । हिरोसिमा र नागाशाकीमा ब`म खसाल्ने अमेरिकाले काठमाडौंमा बम खसाल्दैन् भन्ने के ग्यारेन्टी ट भन्दै सांसदले प्रश्न उठाएका छन् । आइतबार विनियोजन बिधेयक माथिको छलफलमा भाग लिँदै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकाले काठमाडौंमा परमाणु ब`म खसाल्न सक्ने चेतावनी दिएका हुन् । उनले अपर कर्णाली र एमसीसी परियोजना दुबै खारेज नभए अमेरिकाले काठमाडौंमा परमाणु ब`म खसाल्ने सक्ने चेतावनी दिएका हुन् ।‘हिरोसिमा र नागाशाकीमा ब`म खसाल्ने अमेरिकाले काठमाडौंमा ब`म खसाल्दैन् भन्ने के ग्योरेन्टी छ ?

त्यसकारण एमसीसी परियोजना खारेज गर्नु पर्छ, अपर कर्णाली आयोजना पनि खारेज गर्नुपर्छ’,सांसद सुवालले भने । उनले एमसीसीले देश हार्ने र विदेशी जित्ने अवस्था ल्याउने दावी पनि गरे । एमसीसीमा हस्ताक्षर गर्ने मन्त्रीहरुका नाती पनातीले आफ्ना पुर्खाले राष्ट्रघात गरे भनेर कविता लेख्ने दिन आउने पनि बताए । उनले असंलग्न परराष्ट्र नीति भनेको एमसीसी ल्याउनु नभएको पनि बताए ।

उनले भारतीय प्रभावमा बजेट ल्याइएको आरोप पनि लगाए । सांसद सुवालले खाना पकाउने एलपी ग्यासको आयाता रोक्नुपर्नेमा पनि जोड दिए । उनले गोर्खा भर्ति केन्द्र बन्द नगरेसम्म देश नबन्ने पनि स्पष्ट पारे । त्यस्तै,बालुवाटार,शितल निवास र सिंहदरबारलाई ठगहरुको घुइँचोबाट बचाउनुपर्ने धारणा पनि राखे ।
Source:corporatenepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *