‘परिवार’ भन्दै पारस शाहले शेयर गरे हिमानीको टिकटक

समाचार

विश्वभर महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरस नियन्त्रणको लागि विश्वका धेरै मुलुकमा लकडाउन लगातार जारी छ । यहि लकडाउनकाे समय मानिसहरूले परिवार संग बिताइरहेका छन भने सोसल मिडियासँग जोडिएर पनि समय बिताइरहेका छन् ।

यसैबीच पूर्वयुवराज्ञी हिमानी शाह पनि सामाजिक सञ्जालमा टिकटकमा निकै सक्रिय हुन थालेकी छन् । पछिल्लाे समय उनी सामाजिक सञ्जालमा एकाएक चर्चामा आएकी छन् । उनको टिकटक एकपछि अर्को लगातार भाइरल बन्दै गएको छ ।

पुर्व युवराज्ञी हिमानी शाह पनि यतिबेला सामाजिक संजालमा भाईरल भएकी छन् । उनले सबैको माया त पाईरहेकी नै थिइन् । टिकटकमा एकसाथ ३ भिडियो भाईरल हुदा उनी प्रती धेरैको मन आकर्षित भएको हो ।

समाजिक संजालमा यस्तो गतिविधि सहित पहिलो उपस्थिति रहेकोले सबैको लागि विशेष र चाखलाग्दो बिषय बन्न पुग्यो । यतिबेला सो भाईरल भिडियोलाई उनका पति पारश शाहले पनि आफ्नो आधिकारिक फेसबुकमा अप्लोड गरेका छन् । उनले सो भिडियोमाथी लभको सिग्नल राख्दै परिवार भनेर आफ्नो फेसबुकमा राखेका हुन् । पारसले भिडियोलाई आफ्नो फेसबुक स्टोरिमा पनि राखेका छन ।

भिडियो पोस्ट गरेपछि ३ हजार बढी लाई आइसकेको छ भने झन्डै ४ सयको हाराहारीमा सकारात्मक कमेन्ट आएको छ । पारस र हिमानीको सम्बन्ध बिग्रीएको भनिएपनि पारसले आफ्नो परिवारप्रती सामाजिक संजालमा यसरी माया दर्साएका हुन् ।

हिमानी नाच्दै गरेको उक्त भिडियो उनकी छोरिहरु पुर्णिका शाह र कृतिका शाहको अफिसियल टिकटक एकाउन्टमा अप्लोड गरिएको थियो । अप्लोडको केही घन्टा बित्न नपाउदै भिडियोहरु एकाएक सामाजिक संजालमा भाईरल हुन थालेको थियो । हाल यो समाचार तयार गर्दै गर्दा सोही भिडियोको कारण पुर्णिकालाई पछ्याउनेको संख्या ५० हजार माथी छ ।

जबकी उक्त भिडियो अप्लोड गर्नुअघि उनलाई फलो गर्नेको संख्या ८/९ हजारको हाराहारीमा थियो । त्यस्तै कृतिकाको पनि टिकटक एकाउन्टमा फलो गर्नेको संख्या व्हात्तै बढेको छ । भिडियो अप्लोड अघि ६/७ हजारको हाराहारीमा फलोवर्सहरु रहेकोमा भिडियो भाईरल हुँदै गर्दा अहिले २० हजार माथिले कृतिकालाई पछ्याएका छन् ।

उता‘गुरासको फेदमुनी’गीतमा छोरिहरु संग नाचेको भिडियोलाई २ लाख ५७ हजार बढिले हेरे भने २९ हजार लाईक,१२ सय माथी सकारात्मक प्रतिक्रिया र झन्डै २४ सयले शेयर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *