क्वारेन्टाइनका लागि मान्छे बाेकेकाे टिपर दुर्घटना, ३० जना कर्णाली नदीमा हराएको आशंका

समाचार

कालिकोट, २८ जेठ । जिल्लाकाे रास्कोट नगरपालिकाको टिपर लालिघाट बजार नजिकै दुर्घटना भएको छ ।

लालिघाटबाट रास्कोट क्वारेन्टाइनका लागि मान्छे लिएर गइरहेको टिपर दुर्घटनामा परेको बताइएकाे छ । दुर्घटनास्थलमा तीन जनाको शव भेटिएको छ । करिब ३० भन्दा बढी हराइरहेको प्रारम्भिक जानकारी आएको छ । उनीहरू कर्णाली नदीमा हराएकाे आशंका गरिएकाे छ ।

उद्धारका लागि अहिले नेपाल प्रहरी, नेपाल आर्मीकाे टाेली घटनास्थलतर्फ गएको कालिकाेटका सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *