विकासतिर अघि बढ्न लागेका के थियौं, कोरोनाले रोकिहाल्यो-प्रधानमन्त्री

समाचार

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विकासतर्फ अघि बढ्न लागेको बेला कोरोना(कोभिड १९)महामारीले रोकेको बताएका छन् । मंगलबार संसदमा बोल्ने क्रममा उनले भने,हामी भर्खर विकासको बाटोतर्फ अघि बढ्दे थियौं,हामीले आधार बर्ष भन्यौं,त्यसपछि अगाडि बढ्ने बर्ष भन्यौं,तर यसमा अघि बढ्ने वित्तिकै…,हाम्रा निम्ति मात्रै होइ्न,विश्वकै लागि साझा चुनौति बनेको छ । कोरोनाले मानव जातिको अस्तित्वमा चुनौति सिर्जना गर्नुका साथै अर्थतन्त्रमा हमला गरेको छ भन्दै उनले यसले अर्थतन्त्रलाई नै हलचल गर्न नदिएको बताए । महामारीको सामना गर्न सरकारले सुरुदेखि नै ध्यान दिएको भन्दै यसको सामना गरिरँदा हरेक नेपाली एउटा सिपाही भएको बताए । कोरोनाका बारेका रहेक टिप्पणीलाई आफूलाई नकारात्मकरुपमा नलिने ओलीले बताए ।

उनले धनी र शक्तिशाली राष्ट्र पनि यस महामारीबाट प्रतिकुल ढंगले आक्रान्त भएका छन् भन्दै उनले हाम्रोमा प्रतिकुल असर पर्नु अस्वाभाविक होइन् भने । प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सरकारले गरेका प्रयास सत प्रतिशत सफल भन्न म चाहान्न भन्दै तर हाम्रो प्रयास प्रभावकारी भएकैले अन्यन्त्र विकराल रुप लिँदा पनि नेपालमा त्यो स्थिति नआएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *