जेठ ३१ गते शनिबार,यस्तो छ तपाईको राशिफल

राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । साथै, धनजनको आर्जन होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । धन तत्काल खर्च गर्नुपर्ला । छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि समाधान भने हुने छैन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
समझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । आयआर्जन बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । नयाँ शिप तथा ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अवसरले पछ्याउने छन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धन लाभ होला । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । चिताएको काम बन्ने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही नराम्रो होला । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिने छन् । विशेष सभा समारोहमा भाग लिने मौका छ । मानसम्मान पनि पाइनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पढाइ लेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला, पढाइमा सुधार हुने दिन छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आत्मीयजनसँग भेटघाट होला । सरसफाइ, बगैंचा सम्बन्धी काममा आकर्षित होइएला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । चुनौतीहरू पन्छ्याउँदै रोकिएका काम बनाउन सकिनेछ । धैर्यले काम लिने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ । प्राकृतिक पर्यावरणमा रमाउने दिन छ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *