फोक्सो लाई बलियो राख्ने तरिका हरु।ताकी कुनै भाइरुस ले सजिलै हानी पुराउन सक्दैन र कयेन्सर जस्तो जोखिम रोग बाट वचन सकिन्छ।जानी राख्नुस।

समाचार

प्रदूषण, कारखाना र भान्छाको नियमित काम, चुरोट सेवनलगायत कारणले फोक्सोमा धुवाँले दाग लगाउने र त्यही कालान्तरमा क्यान्सरको कारण बन्ने जोखिम रहन्छ । यदि धुवाँधुलोका कारण आफ्नो फोक्सो कमजोर भइरहेकोजस्तो लागेको छ भने यसरी फोक्सोलाई स्वस्थ र बलियो राख्न सकिन्छः मकै मकैमा बेटा–क्रिप्टोजान्थिन नाम गरेको एन्टिअक्सिडेन्ट पाइन्छ । जसले फोक्सोमा क्यान्सर लाग्ने सम्भावनालाई कम गर्छ । प्याज प्याजले फोक्सोको इन्फेक्सनबाट जोगाउँछ र हत्तपत्त क्यान्सर लाग्न दिँदैन । फोक्सोमा क्यान्सर भइसकेको छ भने प्याज खानाले क्यान्सरग्रस्त कोषिकाको विकास र विस्तारको गतिलाई कम हुन्छ । अदुवा अदुवा खाने गर्नाले धुवाँधुलो र धूम्रपानका कारण फोक्सोमा जम्मा भएका विकार कम हुन्छ । फोक्सो बलियो पार्न चाहनेले चियामा अदुवा हालेर पिउने र बिहानबेलुकाका खानासँग अदुवाको टुक्रा टोक्ने गर्नुपर्छ । सुन्तला सुन्तलामा क्रिप्टोजान्थिन पाइन्छ । यसले फोक्सोमा क्यान्सर लाग्ने जोखिम कम गर्छ । सिस्नो सिस्नोमा आइरन प्रशस्त मात्रामा पाइन्छ । सिस्नो खानाले फोक्सोमा लागेको इन्फेक्सनको प्रभाव कम हुन्छ । साथै, फोक्सोमा घातक रोग लाग्ने जोखिम पनि कम हुन्छ । प्रणायाम हरेक बिहान खालीपेटमा अनुलोमविलोम, भ्रस्त्रिका, कपालभाँतीजस्ता प्रणायमका विधि अभ्यास गरेमा फोक्सोमा अक्सिजनको इन्टेक बढ्न जान्छ, साथै रक्तसञ्चार पनि तीव्र हुन्छ । यसले गर्दा फोक्सोमा जम्मा भएका अक्सिडेन्टलगायत विकार बाहिर निस्किन्छ र फोक्सो बलियो हुन्छ । पिस्ता पिस्तामा पाइने भिटामिन–ईले फोक्सोलाई बलियो राख्न र क्यान्सरबाट जोगाउन मद्दत गर्छ । रातो खुर्सानी धुवाँधुलोका कारण रुघाखोकी हत्तपत्त निको हुँदैन भने खानासँग रातो खुर्सानी टोक्नाले छातीमा जम्मा भएको कफ कम हुन्छ । साथै, घाँटी तथा छातीको खसखस पनि कम हुन्छ । जडीबुटी आयुर्वेदले सुन्तलाको बोक्रा, पुदिनाजस्ता जडीबुटीलाई फोक्सो सफा गर्ने जडीबुटी भनेको छ । यस्ता जडीबुटी सेवन गरेर समेत फोक्सोलाई बलियो राख्न सकिन्छ । कोपी काउली, बन्दागोभी, ब्रोकाउली र यस्तै प्रजातिका तरकारीमा एन्टिअक्सिडेन्टको मात्रा बढी हुन्छ । जसले फोक्सोमा जम्मा भएका धुवाँ र निकोटिनका कारण सिर्जना भएका विशाक्त पदार्थलाई शरीरबाहिर निकाल्न मद्दत गर्छ । लसुन लसुनमा एलिसिन नामक तŒव पाइन्छ । जसले फोक्सोमा भएको इन्फेक्सनविरुद्ध लड्ने शरीरको क्षमता बढाउने गर्छ । दमको रोग लागेकाहरूले लसुन खानु उपयुक्त हुन्छ । भिटामन सी सुन्तला, कागती, मौसम, गोलभेँडाको जुस, अमला, स्ट्रबेरी, भुइकटहर, आप, पहेँलो र हरियो भेडेखुर्सानीजस्ता भिटामिन सीयुक्त फलफूल तथा तरकारी बढी खानाले फोक्सो स्वस्थ्य रहन्छ । किनकि, भिटामिन–सीले फोक्सोका विकार हटाउने र शरीरमा अक्सिजनको सञ्चारलाई तीव्र बनाउने काम गर्छ । स्याउ स्याउमा फ्लाभोनोइड्स र भिटामिन्स पाइन्छ, जसले फोक्सोमा जम्मा भएका विकार हटाइ फोक्सोलाई बलियो बनाउँछ । अनार अनारमा पाइने एन्टिअक्सिडेन्टले फोक्सो सफा पार्ने काम गर्छ । यसले फोक्सोमा ट्युमर पलाउने जोखिम पनि कम गर्छ । पानी धुवाँधुलोमा काम गर्ने र चुरोट खाने मानिसले सामान्य मानिसले भन्दा बढी पानी पिउने गर्नुपर्छ । प्रशस्त पानी पिउनाले शरीर डिहाइड्रेट हुन पाउँदैन । साथै, यसो गर्दा फोक्सोमा जम्मा भएको विशालु पदार्थ बाहिर निस्किन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *