कोरोना रहँदासम्म आइतबार पनि विदा दिऊँ : सांसद प्रधान

समाचार

९ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोना भाइरस (कोभिड-१९) को महामारी रहँदासम्म आइतबार पनि बिदा दिन माग गरेका छन् ।

प्रतिनिधिसभा संसद बैठकमा मंगलबार शून्य समयमा बोल्दै सांसद प्रधानले निजी सवारी साधनमा जोर बिजोर लागू गरेको भए पनि सडकमा जाम भइरहेको बताए ।

काठमाडौंमा मात्रै १५ लाख सवारी साधन रहेको भन्दै उनले भने, ‘अब कोरोनाको प्रभाव रहेसम्म शनिबार र आइतबार विदा दिने व्यवस्था गरौं ।
बरु यो अवधिमा विद्युतीय सवारी साधन चलाउन दिनुपर्ने सांसद प्रधानले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *