“विदेशी बुहारीलाई ७ वर्ष पछि मात्र नागरिकता दिने सरकारको निर्णय स्वाागतयोग्य छ”

समाचार

काठमाडौं। अंगिकृत नागरिकताका विषयमा चलिरहेको वहसबीच अभिनेत्री मनिषा कोइरालाले पनि आफ्नो धारणा सार्वजनिक गरेकी छन् ।

केही समय यता अभिनेत्री मनिषाले नेपालको राजनीतिक विषयमा पनि आफ्नो अभिब्यक्ति सार्वजनिक गर्न थालेकी छन् ।

राजनीतिक परिवारको सदस्य मनिषा यस अघि राजनीतिक विषयमा त्यती बोल्ने ब्यक्ति होइनन् ।

तर पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा भने उनले टिप्पणी सार्वजनिक गर्न लागेकी छन् ।

हालै अंगिकृत नागरिकका विषयमा सरकारले गरेको निर्णयको मनिषाले स्वागत गरेकी छन् ।

विदेशी वुहारीलाई ७ वर्ष पछि मात्र नागरिकता दिने नागरिकता समबन्धी विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको छ ।

तर त्यस अघि अन्य अधिकारका लागि भने रोकेको छैन ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको नागरिकतासम्बन्धी विधेयक संसदवाट पनि पारित भएको हो ।

तर नेपाली कांग्रेस र मधेसवादी दलले भने त्यसको विरोध जनाएका छन् ।

यस अघि नेपाली पुरुषसंग विवाह गर्ने विदेशी महिलाले चाहेकै समयमा नेपाली नागरिकता पाउने ब्यवस्था थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *