विश्वका लागि खुःशीको खबर, बाबा रामदेवको कम्पनीले बनायो कोरोनाको आयुर्वेदिक औषधि

समाचार

काठमाडौं । विश्वभर महामारीका रुपमा रहेको कोरोना भाइरसका कारण अहिले विश्वभर चार लाख ७४ हजारभन्दा बढीको मृत्यु भैसकेको छ । यो बीचमा धेरै देशहरुले यस्को उपचार फेला पारेको दावा गर्दै आएका छन् । यो बीचमा योग गुरु रामदेवले कोरोनाभाइरसको उपचारको लागि आयुर्वेदिक औषधि बनाएका छन् ।

उनले पतञ्जलि आयुर्वेद कम्पनीमार्फत कोरोनाको औषधि ‘कोरोनिल’ बनाएको दावा गरेका छन् । रामदेव र आचार्य बालकृष्णले पत्रकार सम्मेलन गरी ‘कोरोनिल’ नामको औषधि बजारमा ल्याएका हुन् ।

रामदेवले यस आयुर्वेदिक औषधिबाट ७ दिनमा कोरोना संक्रमितलाई ठिक गरेको र यस औषधिबाट कोरोनाको उपचार हुने दाबी पनि गरेका छन् ।

रामदेवले यस आयुर्वेदिक औषधिबाट ७ दिनमा कोरोना संक्रमितलाई ठिक गरेको र यस औषधिबाट कोरोनाको उपचार हुने दाबी पनि गरेका छन् ।उनले २८० जनाको परिक्षण गर्दा ‘कोरोनिल’ ले ७ दिनमा सबै संक्रमित ठिक भएको बताए । हरिद्वारमा उनले एक कार्यक्रम गरी औषधि सार्वजनीक गरेका हुन् । उक्त कार्यक्रममा पतञ्जलीका टोलिसहित भारत सरकारका डाक्टर, प्रोफेसर सहभागी रहेका थिँए ।

रामदेवले भने कि कोरोनिलमा गिलोय, तुलसी र अश्वगन्ध छ जसले रोग प्रतिरोध क्षमता बढाउछ । यस औषधिले पुरानो रोगबाट पनि जोगाउँछ । यसलाई पतञ्जलि अनुसन्धान संस्थान र राष्ट्रिय मेडिकल साइन्स (एनआईएमएस) युनिभर्सिटी, जयपुरले संयुक्त रुपमा तयार पारेका हुन् ।

रामदेवले अर्को सोमबार, उनले ‘अर्डर–मी’ एपमार्फत भारत भरका मानिसहरु घरैमा औषधि लिन सक्षम हुने बताएका छन् । अर्डरपछि १ देखि ३ दिनमा उपलब्ध गराउने पनि उनले जानकारी गराए । यसको साथसाथै अर्को ७ दिनमा सबै पतञ्जलि स्टोरमा औषधि उपलब्ध हुने उनको विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *