पूर्वयुराज्ञी हिमानी शाह क्वारेन्टाइनमा ।

समाचार

काठमाडाैं । पूर्वयुराज्ञी हिमानी शाह क्वारेन्टाइनमा बसेकी छन्।थाइल्यान्डबाट स्वदेश फर्किएसँगै उनी क्वारेन्टाइनमा बसेकी हुन् । उनी छोरा हृदयन्द्रसहित होटलको क्वारेन्टिनमा बसेकी हुन् ।

नेपाली सेनाले उनीहरुको क्वारेन्टिन व्यवस्थापन गरेको बताइएको छ । तीन महिनाअघि हिमानी शाह अध्ययनरत आफ्ना छोराछोरी भेट्न थाइलैन्ड गएकी थिइन् ।

अन्तर्राष्ट्रिय विमान बन्द भएसँगै तीन महिना उतै रोकिएकी उनी नेपाल एयरलाइन्सको विमानले थाइल्यान्डमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने क्रममा मंगलबार उनी पनि सोही विमानमा स्वादेश फर्किएकी हुन् ।

हिमानीका दुई छोरी पूर्णिका र कृतिका भने उतै बसेका छन् । उनीहरुको कलेज खुलिसकेकाले नेपाल नआएको बुझिएको छ।
Source-nepalflash
read more
?
कोरोना महामारीले आक्रान्त बनेको बिश्वलाई सम्हाल्न डाक्टरले अग्रपंत्तिमा रहेर काम गरिरहेका छन् । यस्तो बेलामा डाक्टर नर्स लगायतका स्वास्थ्य क्षेत्रमा आबद्ध व्यक्त्तिहरुले आफ्नो योग्दान दिइरहेको छन् ।

केहि समयअघि चिनका डाक्टर र नर्सहरुले मास्क उतारेपछिको अनुहार भाइरल भएको थियो । धेरैले उनहरुप्रति सहानुभूति प्रकट गरेका थिए । सार्वजनिक भएका तस्विरमा उनीहरुको अनुहारभरी मास्कको निलडाम देखिन्थ्यो ।

इटालीमा मात्रै धेरै डाक्टरले बिरामीको स्याहार गर्दा गर्दै कोरोना संक्रमणको शिकार भएर ज्यान गुमाए ।

सोमबार ट्वीटरमा अवनिष कुमारले एउटा फोटो शेयर गरेका छन् । उक्त्त फोटोमा देखिएको हात भारतको डाक्टरको हो । उनको हातलाई देखाउँदै अवनिषले लेखेका छन् ।“यो हात कोरोनाको उपचारमा संलग्न भएको डाक्टरको हो । जस्ले १० घण्टाको ड्युटी सकेर पन्जा फुकाल्दाको हो । उनीहरु नै रियल हिरो हुन् र हामीले सम्मान गर्नुपर्छ ।”

उनको यो पोष्ट अहिले भाइरल भइरहेको छ । धेरैले डाक्टरलाई भगवान मानेर पुजा गर्ने बताइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *