भारतले पाकिस्तानी दूताबासका कर्मचारीलाई देश निकाला गर्यो

अन्तर्राष्ट्रिय

काठमाडौँ: भारतले नयाँ दिल्लीमा रहेको पाकिस्तानी उच्च आयोगमा कार्यरत आधा कर्मचारीलाई गुप्तचरी र आतंकवादीहरूसँग सम्पर्कमा रहेको आ’रोप लगाउँदै देशबाट नि’ष्कासन गरेको छ।

भारतीय विदेश मन्त्रालयले पाकिस्तानस्थित भारतीय उच्च आयोगमा पनि सोही संख्यामा कर्मचारी कटौती गर्ने बताएको छ।

पाकिस्तानी अधिकारीहरूले यस विषयमा तत्काल प्रतिक्रिया दिएका छैनन्। तर, दुई आ’णविक शक्ति रा’ष्ट्रबीच भारतले तीन साताअघि दुई जना पाकिस्तानी कूटनीतिज्ञलाई देश निकाला गरेपछि त’नाव बढेको छ। भारतीय सेनाको आवतजावतसम्बन्धी सूचना हासिल गर्ने प्रयास गरेको आ’रोप उनीहरूमाथि लगाइएको थियो।

भारतीय सञ्चारमाध्यमले इस्लामावादमा रहेका दुई जना भारतीय कर्मचारीलाई गरिएको भनिएको दु’र्व्यवहारका कारण पछिल्लो कदम चालिएको हुन सक्ने जनाएका छन्। अघिल्लो हप्ता भारतीय सरकारले आफ्ना दुई कर्मचारीलाई पाकिस्तानले अ’पहरण गरेको आ’रोप लगाएको थियो।

तर पाकिस्तानले सवारी चलाउँदा पैदलयात्रीलाई ठक्कर दिएकाले प्रहरीले उनीहरूलाई प’क्राउ गरेको बताएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *