यस्तो विषम परिस्थितिमा पनि सरकारको रबैया देखेर कतारबाट एक नेपाली रुदै आए मिडियामा (भिडियो)

भिडियो

काठमाडौँ, २२ चैत्र । विश्व अहिले कोरोना भाइरसको महामारीबाट त्रासमा छ । महामारीले गर्दा पुरा देश नै लकडाउन भएको स्थितिमा ज्यालादारी गरेर खाने देखि सामान्य नोकरी गर्नेको अवस्था अत्यन्तै चिन्ताजनक छ । यस्तो विषम परिस्थितिमा बिकशित देशले त विभिन्न राहत प्याकेज ल्याईरहेका छन। तर हाम्रो जस्तो बिकाशोंमुख मुलुकमा त्यस्तो भरपर्दो योजना केहि आएको छैन ।

राहतको प्याकेज त टाढाको कुरा सरकारले अहिले तत्काल अत्यावश्यक वस्तुको समेत सहज आपूर्ति गर्न सकिरहेको छैन । कोरोना भाइरस फैलन नदिन चाहिने विभिन्न स्वास्थ्य सामग्री देखि कोभिड-१९ टेस्ट किटहरु सम्म सरकारले पर्याप्त मात्रामा ल्याउन सकेको छैन । अत्यावश्यक स्वास्थ्य सामग्री आपूर्ति गर्ने प्रक्रियामा समेत भ्रस्टाचार भएको खबरहरु आएपछि सर्बसाधारण दिक्क भएको अवस्था छ

यसै बीच बैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेका देबेन्द्र बस्नेतले सामाजिक संजाल मार्फत आफ्नो दुखेको पोखेका छन । भक्कानिदै उनि भन्छन – संसारका नेताहरु कोरोना भाइरसको महामारीबाट आफ्नो नागरिकलाई कसरी बचाउने भनेर लागी परिरहेका छन् तर मेरो नेपालका नेताहरु भने स्वास्थ्यको नाममा कसरी कमाउ भनेर बसिरहेका छन । भक्कानिदै पोखेको उनको दुखेसो सर्बसाधारण सबैको साझा दुखेको हो भन्दा फरक पर्दैन । भिडियो हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *