१० महिनाकी छोरी बचाउन २५ करोड लाग्ने ! नेपालमा उपचार असम्भव

स्वास्थ

काठमाडौँ । नर्स एलिना गुरुङ् र वरिष्ठ बालरोग विशेषज्ञ डा सन्दिप श्रेष्ठ की १० महिनाकी छोरी सियोना श्रेष्ठ यतिबेला SPINAL MUSCULAR ATROPHY(SME-1)नामक समस्यासँग जुधिरहेकी छिन् ।

जसका लागि करिब २५ करोड लागत लाग्ने अस्पतालले जनाएको छ । यो समस्यासँग जुधिरहेकी सियोनाको उपचार नेपालमा सम्भव नभएको र अमेरिकामा मात्रै सम्भव भएका कारण तत्कालै पैसाको जोहो गर्नुपर्ने बाध्यता श्रेष्ठ परिवारमा थपिएको छ ।

यस बिरामीको उपचार २ वर्ष भित्र गरिसक्नु पर्ने र १ वर्ष भएपछी शुरू गरिसक्नुपर्ने भएका कारण सियोनाका बाबु सन्दिप र आमा एलिनालाई धपेडी थपिएको छ ।

सानो रकम भएको भए आफन्त र साथीभाईबाट सम्भव हुने भएता पनि २५ करोड रुपैयाँ तत्कालै जोहो गर्न गाह्रो भएको समयमा अहिलेसम्म ३ करोड रुपैयाँ जम्मा भएको छ । सियोना श्रेष्ठको यो विपतको घडिमा तपाईले पनि सहयोगी हात फैलाउन चाहानुहुन्छ भने उनको आफ्नै खाता नम्बर Siyona Shrestha (206500000031524) Bank Of Kathmandu Ltd.Parasi Branch मा सहयोग गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *