घरमा सुतिरहेका १८ महिने बालकको सर्पको टोकाईबाट मृत्यु

समाचार

राजविराज, ११ असार – सप्तरीको राजगढ गाउँपालिका–६ मा सर्पको डसाइबाट १८ महिने बालकको मृत्यु भएको छ । घरमा सुतिरहेको समयमा सर्पको टोकाइबाट मोहम्मद तैयब खानका छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

मृतक बालकको नाम भने प्रहरीले खुलाइएको छैन् । सर्पको टोकाइबाट गम्भीर घाइते भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालतर्फ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)

Read more

असार ८ गते दैलेखका एक जना कोरोना संक्रमित पुरूषको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा ज्यान गयो।

दैलेखको दुल्लु नगरपालिका-३ का ४५ वर्षीय पुरूषको राति साढे ९ बजेतिर मृत्यु भएको थियो। तर मृत्युपछि उनका आफन्तले उनलाई छुन पाएनन् न त हिन्दु संस्कारअनुसार नै उनको अन्तिम संस्कार गर्न पाए।

हुन त स्वास्थ्य मन्त्रालयले बनाएको कार्यविधिमा संक्रमण नफैलिने गरी आफन्तले परम्पराअनुसारको अन्तिम संस्कार गर्न सक्ने उल्लेख छ।

काठमाडौंमा विद्युतीय शव दाह गृह भएकाले यहाँ कसैको कोरोनाका कारण मृत्यु भयो भने आफन्त पनि गएर त्यहीँ जलाउने गर्छन्। तर उपत्यकाबाहिर भने विद्युतीय शवदाह गृह नभएकाले अहिलेसम्म संक्रमित सबै शव गाड्ने गरिएको छ।

अरूमा कोरोनाको संक्रमण नहोस् भनेर नेपाली सेनाले संक्रमितको शव आफैं लिएर गाड्ने गरेको छ।

दुल्लुका ती पुरूषको शव पनि असार ९ गते नेपाली सेनाले अस्पतालबाट निकालेर गिरिघाटको जंगलमा खाल्डो खनेर गाड्यो।

यसरी शव व्यवस्थापन गर्न नेपाली सेनाले कोरोना संक्रमणबाट नेपालमा कसैको मृत्यु नहुँदा नै तालिम गरेको थियो।

तालिमप्राप्त ती सैनिकहरूले स्वास्थ्य सुरक्षाका सबै सावधानी अपनाएर शव पुरे। हिन्दु संस्कारमा सामान्य अवस्थामा मृत्यु भए जलाइसकेपछि किरियापुत्री हुन्छन्, घाट पुगेका मलामीले नुहाउँछन्। मृतकका आफन्त छोरामान्छेले कपाल मुन्डन गर्छन्।

तर कोरोना संक्रमितको शव गाडी सकेपछि यी सबथोक गर्ने कोही हुँदैन। आफैंले गाडेको मान्छेलाई सैनिकहरू अन्तिम सलाम गर्छन्।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डे नागरिकको अन्तिम सम्मानका लागि सेनाले त्यसरी सलाम गर्ने गरेको बताए।

‘उसको घरपरिवार कोही नहुने भए। सुरूसुरूमा त शव बुझ्न कोही पनि आएनन्। गाउँनजिकै गाड्न पनि दिएनन्, घाटमा जलाउन पनि दिएनन्,’ पाण्डेले भने,‘यो त एकदमै भएन, बेबारिसे बनाएजस्तो भयो भन्ने हिसाबले नेपाली सेनाले आफैं पहलकदमी लिएर गरेको हो। मृत्यु त भइहाल्यो तर मृत्यु हुनेलाई पनि सम्मान दिनपर्छ भनेर यो गरेको हो।’

उनका अनुसार त्यो अन्तिम सलामी दिएको जस्तै हो।
‘पशुपति आर्यघाटमा दागबत्ती दिँदा गरेजस्तो सम्मान दिएको हो। धेरै मान्छे जान मिलेन संक्रमणको खतरा रहन्छ। न्यूनतम मान्छे जाने हो,’ पाण्डेले भने,‘त्यहाँ कुनै हतियार पड्काइँदैन, शव व्ययवस्थापन गर्ने सैनिकले सलाम गर्ने हो। नागरिकलाई फालेरमात्र आउनु भएन सम्मान पनि दिनुपर्‍यो भनेर यस्तो गरेका हौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *