कोरोनाबाट दाङमा पहिलो मृत्यु।

समाचार

दाङ- कोरोनाबाट दाङमा पहिलो पटक एक जनाको मृत्यु भएको छ।

उपचारका क्रममा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमणको पुष्टि भएको हो।

घोराही उपमहानगरपालिका-१५ गुम्राह चोक प्रतीक्षालयमा बेवारिसे अवस्थामा तीन दिन पहिले भेटिएकी महिलालाई प्रहरीले उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिरहेको थियो। उपचारकै क्रममा उनको महिलाको मृत्यु भएको हो।

उनको स्वाब संकलन गरेर कोरोना जाँच गर्दा आज रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ।

प्रहरीका अनुसार ती महिलाको अहिलेसम्म सनाखत हुन सकेको छैन।

अन्दाजी ३०/३५ वर्षकी ती महिलाले मागेर खाने गरेको स्थानीयहरुले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *