यी ६ अवस्थामा अनिवार्य रुपमा मास्क लगाउनुस, कोरोना संक्रमणबाट बच्नुहोस

स्वास्थ

विश्व नै कोरोनाको महामारीको चपेटामा परेको छ । धेरै देशहरुले लकडाउन टु लुजडाउनको प्रक्रियालाई अगाडी बढाउन सुरु गरेको छ । लुजडाउन शुरु गरेपछि त झन् कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

विश्व स्वास्थ्य संगठनले मास्कको प्रयोग गर्न सुल्झाएपछि त झन् यस्को चर्चा व्यापक रुपमा चुलिएको छ । तर हामी बाटोमा या बजारमा मास्क मुखमा हैन चिउँडोमा लगाएर हिड्ने गरेको धेरै देख्छौं ।

तर हामीले त्यस्तो गर्नु गलत हो । नेपालमा पनि कोरोना संक्रमितको संख्या बढिरहेको छ । त्यसैले मास्कको सही सदुपयोग गर्नु आवश्यक छ ।

मास्क लगाउनु अनिवार्य नै भएपनि हामी लामो समयसम्म लगाएर बस्न सक्दैनौं । तर कोरोनाको संक्रमणबाट बच्नको लागि हामीले मास्क लगाउनु अनिवार्य नै बनेको छ ।

कस्तो अवस्थामा मास्क अनिवार्य हुन्छ हामीले तपाईमाझ ६ ओटा आइडिया शेयर गर्दैछौं ।

१ ) यदि तपाई स्वास्थ्य हुनुहुन्छ र कोरोनाको महामारीबाट बच्न चाहनुहुन्छ भने अनिवार्य रुपमा मास्क लगाउनुहोस ।
२) यदि तपाईलाई रुघाखोकीले सताएको छ भने त झन् मास्क खोल्दै नखोल्नुहोस
३) यदि तपाई बाहिर निस्कदै हुनुहुन्छ । बाईक साइकल वा मोटरसाईकलमा यात्रा गर्दै हुनुहुन्छ भने तपाईलाई मास्क अनिवार्य चाहिन्छ ।

४) ग्यास तथा पानी पसलेले सामान पुर्याउन आउँदा,सामानहरु डेलिबरी गर्दा या कतै बाहिर निस्कनु परे तपाईलाई मास्क अनिवार्य रुपमा चाहिन्छ
५) यदि तपाई पसल जानु हुदै छ भने या छर छिमेकीसँग कुरा गर्नु हुदैछ या कुकुरलाई घुमाउन बाहिर लानुहुदैछ भने मास्क लगाउन नबिर्सनुहोस ।
६) तपाईको आफ्नै परिवार,नातागोता वा छिमेकी तपाईको घरमा आउनुभएको छ भने पनि मास्क लगाएर बस्नुहोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *