आज मलेसियाबाट आउने विमानले १८ र भोली १६ जनाको शव ल्याउँदै,हेर्नुहोस नामवली कुन कुन जिल्लाका कस्कसको ।

समाचार

ज मलेसियाबाट १८ जना नेपालीको श-व ल्याईंदैछ ।

कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएका शव वैदेशिक रोजगार बोर्ड र नेपाली दूतावासको समन्वयमा शव आज स्वदेश ल्याउन लागिएको हो । आज साँझ नेपाली लिएर आउने चार्टर्ड उडानमार्फत श-व पनि ल्याउन लागिएको हो ।

कुन कुन जिल्लाका शव आउँदैछन् ?
सिरहाका बलराम ठाकुर, जाजरकोटका बीरबहादुर कामी, धनुषाका बिपिन महरा, बाराका राजाराम चौधरी, सल्यानका प्रेम बि.क, पाँचथरका जगतबहादुर राई र सुरेन्द्रप्रसाद सुब्बा,रोल्पाका विजयबहादुर बोहराको शव नेपाल ल्याइने वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

बोर्डका अनुसार इलामको पदमबहादुर सारु,बाग्लुङका शिव पुन मगर,नवलपरासीका पुनरवासी पुरी,नुवाकोटका दिपक भट्टराई,महोत्तरीका भरोसी यादव, महोत्तरीका दुःखीलाल मण्डल खान र मनोजकुमार यादव,बाराका प्रवेश कुमार खतवे र रुकुमका कुवीराम ओलीको श-व ल्याईंदैछ । यसअघि पनि कोरोनाको कारण रोकिएका ११ श-व मलेसियाबाट ल्याइएको छ ।

यस्तै साउदीबाट भोलि शनिबार बिहान नेपाली लिएर आउने जहाजले १६ जनाको श-व ल्याउने भएको छ । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विभिन्न देशमा नेपालीका श-व रोकिएका थिए ।

त्यहाँ समस्यामा परेको नेपालीको स्वदेश फिर्ती सुरु भएसँगै श-व पनि आउन थालेका छन् । कतारले असार ६ गते २० जना नेपालीको श-व कतार एअरवेजको चार्टर्ड उडानमार्फत पठाएको थियो ।

अन्य देशबाट पनि नेपाली लिएर आएका जहाजले श-व पनि लिएर आइरहेका छन् । यसरी विमास्थलमा आइपुगेका श-व लकडाउनका कारण आफन्त लिन आउन नपाएमा बोर्ड आफैंले बुझेर घरसम्म निःशुल्क पुराइदिन्छ ।

काठमाडौंमै आफन्त भएमा श-व बुझ्न सकिने र बोर्डले घरसम्म ढुवानी गरिदिने बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए । आज आउने शवको ढुवानीका लागि बोर्ड तयारी अवस्थामा रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *