अब सिम्कार्ड लीदा एस्तो नियम पालाना गर्नु पर्ने नत्र सिम्कार्ड नपाइने ।

समाचार

काठमाण्डाै–अब सिमकार्ड लिन आफैं उपस्थित हुनपर्ने भएको छ ।सक्कल परिचयपत्र लिएका र आफैं उपस्थित भएका ग्राहकलाई मात्र सिमकार्ड दिन दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायकलाई निर्देशन दिएको छ । आफू उपस्थित हुन नसकेको अवस्थामा कानुनअनुसारको वारेसनामा वा अख्तियारनामा आवश्यक पर्ने भएको छ । यी प्रमाण लिएर नगए टेलिकमले सिम दिने छैन ।सक्कल परिचयपत्रसँगै प्रतिलिपि रुजु गरी ग्राहकले भरेको फारम जाँच गरेर मात्र सिमकार्ड उपलब्ध गराउने प्रधिकरणले जनाएको छ ।

कुनै एक व्यक्तिको परिचयपत्र अर्को व्यक्तिले पाउँदा अनाधिकृत रुपमा अरु व्यक्तिको मोबाइल नम्बरको पहुँच हुँदा बैंङ्किङ,इमेल,सामाजिक सञ्जाल र अन्य डिजिल सेवा तथा डाटामा पहुँच पुग्ने र खतरा हुने भएकोले यस्तो व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *