छ वर्ष देखि मलेसियामा बे’पत्ता छोरालाई ७० बार्षिय बाबुको सन्देश: ‘छोरा यो म’हामारीमा त घर आउ,पैसा नभए बरु मै पठाउँछु।

समाचार

रामेछाप – ७० वर्ष हाराहारीका नरबहादुर सुनुवार खल्तीमा छोराको फोटो बोकेर एकाबिहानै उमाकुण्ड गाउँपालिका कार्यालय आइपुग्नुभयो । छोराको फोटो खल्तीबाट निकाल्नुभयो र भन्नुभयो,‘मेरो छोरो मलेसियाबाट आएन,फर्काइदिनुपर्‍यो,तपाईँहरुले अहिले विदेशबाट मान्छे ल्याउन सहयोग गरिरहनुभएको छ रे नि ।’पालिकाले गाउँबाट विदेश गएका युवाहरुलाई गाउँमा ल्याउन पहल गरिरहेको खबरले नरबहादुरको मनमा आफ्नो छोरो पनि फर्काइदिन्छन् कि भन्ने आश पलायो ।

उहाँलाई लागेको छ,पालिकाले सहयोग गरेमा महामारीको बेला छोरो टुप्लुक्क घरमा आइपुग्छ । उहाँको मनमा आशा जगाउने थ्रुपै कारणहरु छन् । एक त ठाउँ ठाउँमा अहिले अरुका छोरा फर्किएका छन् । नेपालमा जस्तै परदेशमा पनि कोरोनाले काम र कमाइ भएको छैन होला भन्ने अनुमान पनि लगाउनु भएको छ उहाँले । गाउँघरमा कमाइ भएन,कमाएर फर्कन्छु भनेर परदेश गएको छोरो,कमाइ नहुँदा फर्कन्छ कि भन्ने आश पलाएको छ नरबहादुरको मनमा ।

नरबहादुरको घर रामेछापको गुप्तेश्वरमा पर्छ । सदरमुकाम मन्थलीबाट झण्डै पाँच घण्टा पैदल हिँड्नुपर्छ गुप्तेश्वर पुग्न । उब्जाउ हुने हो भने परिवारको भोक मेटाउन पुग्ने बारी छ गाउँमा । ७० वर्ष हाराहारीका श्रीमान श्रीमती बाहेक कोही छैनन् घरमा । हुनलाई त उनीहरु तीन भाइ छोरा र एउटी छोरीको धनी हुन् । तर बलिया पाखुरा हुनेहरु कोही छैनन् घरमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *