कोरोना भगाउने कार्ड नेपाल पनि भित्रीयों,कार्ड भीरेर बैठाकमा संसाद ।

समाचार

नेपालमा मात्र नभई विश्वका धेरै राष्ट्रमा यस प्रकारको सामाग्रीको व्यापार अहिले ह्वात्तै बढेको विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीद्वारा सम्प्रेसित समाचारमा उल्लेख छ । एक समाचारअनुसार रुसका राष्ट्रपतिका प्रवक्ता, बोलेभियाका अन्तरिम राष्ट्रपति, लेबनानी नेताहरुले समेत यस्ता सामाग्री प्रयोग गरेको उल्लेख गरेका छन् ।

भाइरोलोजिस्ट तथा रोग प्रतिरोधात्मक क्षमताकी विशेषज्ञ डा. एरियन डेभिजनका अनुसार यस प्रकारको कुनै पनि सामाग्रीले कोरोना भाइरसबाट मानिसलाई जोगाउन सक्दैन । उनले हङकङ फ्री प्रेसलाई दिएको प्रतिक्रिया अनुसार यो सम्पूर्ण रुपमा ठगी धन्दा हो । ‘क्लोरिन डाइअक्साइड विशेष गरेर भूइँ पुछ्न प्रयोग गरिने डिस्इन्फेक्टेन्ट हो । यसलाई घाँटीमा झुण्ड्याएर कुनै पनि हालतमा भाइरसबाट सुरक्षित भइँदैन,’ उनले भनेकी छिन्, ‘यो सम्पूर्ण रुपमा गलत हो ।’

एसिया क्षेत्रमा भियतनाम र थाइल्याण्डले यस्ता सामाग्रीको बिक्री वितरणमा प्रतिबन्ध नै लगाएको छ भने केही देशमा भने बिक्री वितरण भइरहेको छ ।

अमेरिकी संस्था एफडीएका अनुसार क्लोरिन डाइअक्साइडयुक्त सामाग्रीको असुरक्षित प्रयोगले मानिसको ज्यानैसम्म जाने खतरा रहन्छ । सो रसायनका कारण स्वासप्रस्वासमा गम्भिर समस्या आउनुका साथै मुटुको चालमा गडबडी, रक्तचापमा कमी, डिहाइड्रेसन (शरिरमा पानीको कमी), रगतमा क्षय, गम्भिर प्रकारको झाडाबान्ता समेत हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *