लामो उमेर सम्म जवान देखिन यस्ता खानाहरु खनु हुदैन ।

स्वास्थ

आफूलाई सधैँ जवान देखाउन चाहने मानिसले यस्ता खाना कम खाने अथवा नखाने गर्नुपर्छः चिनी चिनीले अनुहार फुस्रो बनाउने भएकाले चिनीयुक्त खाना, मिठाइलगायत धेरै खानु हुँदैन । रक्सी कलेजोले छालामा भएका टक्सिन हटाउँछ । रक्सी खानाले कलेजो कमजोर हुन्छ, जसले गर्दा छालाको टक्सिन हराउँदैन र अनुहार बुढोजस्तो देखिन्छ । रक्सीले छालालाई डिहाइड्रेट पनि गर्छ । ह्वाइट वाइन ह्वाइट वाइनमा हुने एसिडले दाँतको इनामेल हट्छ र दाँतमा कस लागेजस्तो देखिन्छ ।

सेकुवा मासुको सेकुवामा हाइड्रोकार्बोन बढी हुने भएकाले सेकुवा धेरै खाँदा अनुहारको उज्यालोपन हराउँदै जान्छ । नुनिलो खाना नुनिलो खाना बढी खानाले शरीरमा पानीको मात्रा कम हुने भएकाले अनुहार फुस्रो देखिन्छ । प्रोसेस्ड मिट ससेजलगायत प्रोसेस्ड मिटमा सल्फाइट नामक तŒव र नुन बढी हुने भएकाले यसले शरीरलाई डिहाइड्रेड गर्छ र मानिसको छालालाई फुस्रो बनाउँछ ।

मसलेदार खाना मसलेदार खाना बढी खानाले अनुहारको चमक हराउँदै जान्छ । रातो मासु कोलाजेन नामक अनुहारलाई चम्किलो बनाउने तŒव रातो मासु बढी खानाले कम हुँदै जान्छ । अनुहार फुस्रो र पाको देखिन्छ ।

इनर्जी ड्रिंक्स इनर्जी ड्रिंक्स खाइरहने मानिसको दाँतको इनामेल हराउँदै गई दाँत कालो देखिन्छ । चिया/कफी चिया÷कफीमा क्याफिन प्रशस्त मात्रामा पाइने भएकाले बढी कफी पिउँदा छाला डिहाइड्रेट हुन्छ र मानिस बुढोजस्तो देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *