सुशान्त सिंह राजपुतकी फ्यानले पनि पिडा सहन नसकेर गरिन् प्राण त्याग, एघार वर्षका बालक सहित प्राण त्याग गर्ने फ्यानको संख्या ६ पुग्यो

चलचित्र

एजेन्सी-भारतमा सुशान्त सिंह राजपुतले आत्महत्या गरेपछि उनकी एक फ्यानले पनि आत्महत्या गरेकी छन् । भारतिय मिडियाका अनुसार ति फ्यानले जुलाई १ मा सलको पासो लगाएर आत्महत्या गरेकी छन् । मुम्बईमा बस्ने ४५ वर्षीया रचना सेठ नाम गरेकी ति महिला केही समय देखी बैंकको घोटालाका कारण तनावमा थिइन् ।

चनाले पीएमसी बैंकमा आफ्नो अकाउन्ट खोलेकी थिइन् जसमा उनले लगभग १५ लाख भारु जम्मा गरेकी थिइन् । डिप्रेशनमा रहेकी उनले सधैै सल साथमा राख्ने गरेको बताइएको छ ।

‘ पिएमसी बैंक घोटालापछि उनी निकै तनावमा रहेकी उनले सुशान्त सिंह राजपूतले आत्महत्या गरेपछि झनै तनाबमा रहेर आत्महत्याको बाटो रोजेको बताइएको छ । यस भन्दा अघि शुसान्तले आत्महत्या गरेपछि तनामा रहेर उनका पाँच जना फ्यानले आत्महत्या गरेका छन् । जसमा एघार वर्षका बालक पनि रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *