ढिस्कोमा पुरिएर दुई बालकको मृत्यु ।

Uncategorized समाचार

सप्तरीको अग्निसाइरकृष्णा सवरण गाउँपालिकास्थित मोहनपुरमा आज दिउँसो ढिस्कोमा पुरिएर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको अग्निसाइरकृष्णा सवरण गाउँपालिका–६ मोहनपुर निवासी रोहित खड्काको आठ वर्षीय छोरा निशान खड्का र सोही ठाउँका दिलबहादुर मगरको चार वर्षीय छोरा निकेश मगर रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

निशान र निकेश उनीहरु दुवै जना घर नजीकै रहेको गौरी खोलामा माटो कोर्ने क्रममा माथिबाट ढिस्कोले पुरिएर मृत्यु भएको स्थानीयवासीले बताएका छन् । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *