BREAKING: भारतीय न्युज च्यानल नेपालभर खोल्नै नमिल्नेगरी ब’न्द गर्ने निर्णय !सहि कि गलत हो ?

समाचार

भारतीय मिडियाहरुले नेपालमाथि धा’वा बोल्न थालेपछि नेपालभर नखुल्नेगरी ब’न्द गर्ने निर्णय गरिएको छ । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा ब’न्द गरेका छन् ।

वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।

भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अ’नर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आ’पत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको शर्माले बताए ।

केहीदिन देखि अथवा यसो भनौं नेपाल सरकारले आफ्नो भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका चा’कडीबाज भनेर भारतमै आ’लोचित भारतीय मिडियाहरुले हुदैं नभएका हावादारी, कपोलकल्पित र मनगढन्ते समाचार र रिपोर्ट बजाएर नेपाल र नेपालीमाथि निरन्तर हिलो छ्याप्ने काम गरिरहेको छ ।

भारत संसारकै ठूलो लोकतन्त्र हो। लोकतन्त्रको एउटा अभिन्न अंग हो९ स्वतन्त्र प्रेस। भारतमा पनि प्रेस स्वतन्त्रता छ, थुप्रै सञ्चारमाध्यम छन्। भारतमा सञ्चारमाध्यमको संख्या ठूलो छ तर गुणस्तर भने कलिला लोकतन्त्रका मिडियाको भन्दा पनि न्यून छ। उनीहरू पत्रकारितामा आधारभूत सिद्धान्तको पनि पालना गर्दैनन्। टिआरपी बढाउने होडमा विशेष गरी भारतका टेलिभिजन जे पायो त्यही सामग्री बजाउछन्।

पछिल्लो समय भारतका अधिकांश मिडिया नरेन्द्र मोदी सरकारको वा’हवाही गर्ने, अल्पसंख्यकका सवालमा आँखा चिम्लिने र राष्ट्रवादको नारा उछाल्नमा केन्द्रित छन्। केही वर्ष पहिलासम्म चीर प्रतिद्वन्द्वी पाकिस्तानबारे सनसनीखेजपूर्ण सामग्री प्रकाशनरप्रसारण गर्ने भारतीय मिडिया केही महिनायता नेपालवि’रूद्ध पनि त्यस्तै हर्कत गरिरहेका छन्।

लिम्पियाधुरा९कालापानी क्षेत्र समेटेर नेपालले नयाँ नक्सा जारी गर्ने भएपछि भारतीय मिडिया नेपालवि’रूद्ध खनिन थालेका हुन्। पछिल्लो समय उनीहरू प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध तल्लोस्तरको व्यक्तिगत आक्षेपमा उत्रिएका छन्।

सुरूदेखि नै नेपालले कालापानी क्षेत्रको मुद्दा आफैंले नभई चीनको उक्साहटमा उठाएको न्यारेटिभ सेट गर्न लागि परेका भारतीय मिडिया पछिल्लो समय काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीको सक्रियतालाई आपत्तीजनक तरिकाले चित्रण गरिरहेका छन्।

टाइम्स अफ इन्डियाजस्तो पत्रिकाले समेत प्रधानमन्त्री ओलीको आपत्तीजनक स्केच बनाएर समाचार छापेको छ। जी न्युजको बिहार झारखण्ड टेलिभिजनले त प्रधानमन्त्री ओलीलाई चिनियाँ राजदूत यान्छीले हनी ट्रयापमा पारेको भिडिओ सामग्री बनाएर प्रसारण गरेको छ।

भारतीय मिडियाका अ’तिरञ्जित, आधारहीन र व्यक्तिगत मानमर्दन हुने सामग्रीको नेपालमा चर्को वि’रोध भइरहेको छ। प्रधानमन्त्री ओलीको सचिवालय, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी, प्रतिपक्षी दल, नेपाल पत्रकार महासंघ र आमनागरिकले भारतीय मिडियाको हर्कतको वि’रोध गरेका छन्।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको सरकारबारे अ’नर्गल प्रचार गरेको उल्लेख गरेका छन्।

उनीहरूको अनर्गल प्रचारले सीमा नाघेको, हद भएको भएको उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले बकवास ब’न्द गर्न भारतीय सञ्चार माध्यमहरूलाई आग्रह गरेका छन्।

उनले बिहीबार ट्वीट गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति नेपाली एक ढिक्का रहेको पनि उल्लेख गरेका छन्।

विदेशीको फुटाउ र स्वार्थ पूरा गर नीति सफल हुन दिने छैनौं,’ श्रेष्ठले भनेका छन्, ‘यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो।’ उनले प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचार बन्द गर्न पनि आग्रह गरेका छन्।

‘हाम्रो सरकार र प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचारले सीमा नाघ्यो। हद भयो। बकवास बन्द गर,’ उनले भारतीय मिडियालाई भनेका छन्। प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले बिहीबार ट्वीट गर्दै भारतीय सञ्चारमाध्यमको निराधार खबरको कुनै अर्थ नहुने उल्लेख गरेका हुन्।

‘यो जिम्मेवार पत्रकारिताका लागि लाजको विषय हो,’ रिमालले भनेका छन्।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले भारतीय सञ्चार माध्यमहरूले गलत र अनादरपूर्वक खबरहरू प्रकाशनरप्रशारण गरिरहेकोले त्यसमा सत्यता नभएको बताएका छन्।

‘नयाँ नक्सा जारी गरेपछि हाम्रा प्रधानमन्त्री र सरकारविरूद्ध भारतीय सञ्चारमाध्यममा आइरहा समाचार भ’त्सर्नायोग्य छन। झुठा र कपोकल्पित समाचारलाई हामी अस्वीकार गर्छौं,’ परराष्ट्र सल्लाहकार भट्टराईले भनेका छन्,‘ हाम्रो सार्वभौमसत्ता र राष्ट्रिय स्वतन्त्रतामा नेपाल सरकार र नागरिक एक रहेको कुरालाई सम्मान गर्न उनीहरूलाई आग्रह गर्छौं।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले केही दिनयता भारतीय सञ्चारमाध्यमले गलत र मर्यादाहीन सामग्री प्रसारण तथा प्रकाशन गरिरहेको उल्लेख गर्दै उनीहरूले पत्रकारिताबाहेक अरू थोक नै गरिरहेको उल्लेख गरेका छन्।

‘कतिपय भारतीय सञ्चारमाध्यमहरूले केही दिनयता गरिरहेको गलत र मर्यादाहीन सम्प्रेषणको अभिष्ट राम्रैसँग बुझ्न सकिन्छ। तिनले पत्रकारिताबाहेक अरू थोक मात्रै गरिरहेका छन्,’ थापाले भनेका छन्, ‘नेपालीमा यस्तो आधारहीन सम्प्रेषणले कुनै अर्थ राख्दैन। जिम्मेवार पत्रकारिताका निम्ति यो लज्जाको बिषय हो।’ प्रतिपक्षी दलका नेताहरूले पनि भारतीय सञ्चारमाध्यममा आएका खबरप्रति आपत्ति जनाएका छन्।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष कमल थापाले भारतीय मिडियाका यस्ता सामग्रीले नेपाल र भारत सम्बन्धलाई राम्रो नगर्ने बताएका छन्।

‘अन्तर्राष्ट्रिय सम्बन्धको व्यवहारसहित धेरै मुद्दाहरूमा हाम्रो प्रधानमन्त्रीसँग गम्भीर मतभेद छ। तर केही भारतीय मिडियाले जानाजान यस्ता सामग्री प्रकाशनरप्रशारण गरेकोमा यसले नेपाल९भारत सम्बन्धलाई राम्रो गर्दैन,’ थापाले भनेका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरूङले प्रधानमन्त्रीसँग सयौं विमतीहरू रहे पनि भारतीय सञ्चारमाध्यमले प्रधानमन्त्री ओलीविरूद्ध विष वमन गर्ने क्रममा हनी ट्रयापजस्तो घृणित आरोप लगाएको कुरा कदापी स्वीकार्य नहुने बताएका छन्।

नेपाल पत्रकार महासंघले प्रधानमन्त्री ओली र चिनियाँ राजदूतलाई जोडेर भारतीय सञ्चारमाध्यमले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीबारे जी न्युजले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ महासंघका महासचिव रमेश बिष्टले निकालेको विज्ञप्तिमा भनिएको छ।

यस्तै भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक रहेको महासचिव बिष्टले उल्लेख गरेका छन्।

‘भारतीय सञ्चारमाध्यमले गरेको यो प्रचार पीत पत्रकारिताको नमूना हुनुका साथै प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको महासंघको ठहर छ,’ उनले भनेका छन्, ‘महासंघ भारतीय सञ्चारमाध्यमको अनर्गल र बकवासपूर्ण प्रचाररप्रसारको कडा शब्दमा भर्त्सना गर्दछ।’

प्रधानमन्त्रीविरूद्ध भारतीय सञ्चारमाध्यमबाट सम्प्रेषण भएका झूठा र आक्षेपपूर्ण समाचारको सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिन कडा कदम चाल्न पत्रकार महासंघले सरकारलाई पनि आग्रह गरेको छ।

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सेतोपाटीसँग कुराकानी गर्दै भारतीय सञ्चार माध्यमहरूले पत्रकारिताको मूल्य मान्यताबाहिर गएर सामग्री प्रकाशन र प्रशारण गरेको बताए।

‘यो पत्रकारिताको मूल्य मान्यताभन्दा बाहिरको विषय हो। त्यो पत्रकारिता नै होइन। यसरी गालीगलौज, आक्षेप लगाउने, तथ्यहीन प्रचार गर्ने, देशको कूटनीतिक मान्यतालाई ख्याल नगरेर भएका प्रकासनरप्रसारण सामग्रीको खेद गर्नुपर्छ,’ उनले भने, ‘यस्ता प्रसारण नेपाल सरकारले बन्द गर्नुपर्छ। कूटनीतिक तवरमा यसको कडा प्रतिवाद गर्नुपर्छ।’

भारतीय सञ्चारमाध्यमले नेपालीलाई उदेक लगाएको यो पहिलो पटक भने होइन। यसअघि २०७२ को भूकम्पताका नेपाल आएका भारतीय सञ्चारमाध्यमका पत्रकारले सनसनी बनाउने नाममा मानवीय संवेदनालाई समेत बेवास्ता गरी सामग्री प्रकाशन गरेका थिए। त्यतिबेला वाक्कदिक्क भएका नेपालीले गो ब्याक इन्डियन मिडिया भन्दै सामाजिक सञ्जालमा अभियान नै चलाएका थिए।

राजनीतिक र कानुनी उपचार खोज्छौंस् मन्त्री खतिवडा

भारतीय मिडियाले प्रधानमन्त्री ओली र सरकारविरूद्ध निरन्तर मिथ्या र आपत्तीजनक सामग्री प्रकाशनरप्रसारण गरिराखेकाले सरकारले यसविरूद्ध राजनीतिक र कानुनी उपाय खोज्ने बताएको छ।

‘सञ्चार माध्यमहरूले स्वच्छ, स्वस्थ, पारदर्शी ढंगले समाचार सम्प्रेषण गरून् भन्ने हामी सबैको साझा ध्येय त्यही नै हो। चाहे स्वदेशी हुन् चाहे विदेशी हुन्,’ सरकारका प्रवक्ता सञ्चार मन्त्री युवराज खतिवडाले भने,‘हामीले कुनै दुर्भाव फैलाउने गरी, चरित्र हत्या गर्ने गरी, मानमर्यादा र प्रतिष्ठा घटाउने गरी समाचार र विश्लेषणको सरकारले भर्त्सना गर्छ।’

उनले सरकारको चाहना मिडियालाई प्रतिबन्ध लगाउनुभन्दा मिडिया आफू अनुशासनमा बसोस्। र उसले सही समाचारहरू मात्रै सम्प्रेषण गरोस् भन्ने हुने बताए।

‘यो कुरामा हामीले कूटनीतिक माध्यमको पनि परिचालन गर्नु पर्ने हुन्छ। हाम्रो राष्ट्र तथा राष्ट्रियता सार्वभौमिकता र नेपालीका स्वाभिमानमा आँच पुर्‍याउने समाचारहरू सम्प्रेषण नगर्न हामी अनुरोध पनि गर्दछौं,’ खतिवडाले भने,‘यसमा छिमेकी मुलुकका मिडिया पनि पर्छन्। राजनीतिक र कानूनी दुइटै उपचार खोज्नु पर्ने हुन्छ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भारतीय सञ्चार माध्यमका सामग्रीलाई सरकारले नजिकबाट हेरिरहेको र नोटिसमा राखेको बताए।

हामीसँग कुराकानी गर्दै सल्लाहकार थापाले भने, ‘भारतीय सञ्चारमाध्यमका सामग्रीलाई नजिकबाट हेरेका छौं। नोटिसमा छ। यस्तो सामग्री किन प्रकाशन तथा प्रशारण भइरहेका हुन् भन्ने अभिष्ट पनि सरकारलाई थाहा छ। त्यस्ता सामग्रीको भ्रम नपरोस् भन्ने कुरामा सरकार सचेत छ।’

सञ्चार माध्यमहरूले नैतिकता इथिक्स, व्यवसायिकता र सत्यतामा बाँच्ने भए पनि यी तीनै चिजमा भारतीय सञ्चार माध्यमहरूको बिजोग देखिएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *