भारतीय मिडियाको कस्तो हो यो पत्रकारिता ?

समाचार

काठमाडौं । राज्यको चौथो तथा अति शक्तिशाली अंग हो पत्रकारिता । पत्रकारिता शब्दले नै मानिसमा विश्वास र साहस जगाएको हुन्छ । तर, भारतीय मिडिया भने पत्रकारिताका नाममा असनका साँढे जस्तै भएका छन् । उनीहरुको यस किसिमको पत्रकारिताले मानिसमा भ्रम पैदा गरेको छ ।

मानिसले पत्रकारिता प्रतिको विश्वास गुमाएका छन् । कुनै पनि छिमेकी देशसँग सुमधुर सम्बन्ध राख्न नसकेको भारतले जतिसक्यो त्यति नै अरुको बेइज्जत गर्नेतिर लागि परेको छ । पत्रकारिताको नाममा छाडा संस्कार पलाइरहेको बेला समेत भारतीय सरकार चाख मानेर बसिरहेको छ । यसले भारतीय मिडियाले‘जे पनि गर्छन्,सिवाय पत्रकारिता’भनी लगाउने गरिएको आरोप सत्य साबित गरिदिएको छ ।

वर्षौदेखि नेपाली भूभाग मिचेर बसेको भारतीय विस्तारवादी हर्कतविरुद्ध नेपालले आवाज उठाएसँगै भारतीय मिडियाले नेपालको सरकारमा सत्तासीन व्यक्तिको चर्को आलोचना गरिरहेका छन् । यति मात्र नभएर भारतका जिम्मेवार व्यक्तिले समेत प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई सामाजिक सञ्जाल एवम् मिडियामा तुच्छ र अपाच्य शब्दको प्रयोग गरिरहेका छन् ।

पछिल्लो समय केही प्रसिद्ध भारतीय मिडियाले समेत प्रधानमन्त्री ओली र चिनियाँ राजदूत हु यान्छीलाई एकअर्कासँग जोडेर अपशब्द र मानहानी हुने भिडियो बनाई सारा विश्वसमक्ष देखाएका छन् । यसले भारतीय मिडिया,पत्रकार,सरकार लगायत भारतीय संस्कारमाथि ठूलो प्रश्नचिन्ह खडा गरेको छ ।

भारतीय मिडियाको यस प्रकारको व्यवहारले मानिसको मन मस्तिस्कमा घृणाको भाव पैदा गराएको छ । भारतीय मिडियाको यो व्यवहारले स्वयम् भारतीय नागरिकलाई समेत लज्जाबोधको अवस्थामा पुर्याएको छ । यस्तो व्यवहार नेपालीलाई मात्र नभएर अन्य छिमेकी देशलाई समेत आजित तुल्याएको छ ।
Source-news18nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *