बुढी म आउदै छु भनेर मलेसियाबाट फोन गरि घर आउँदा श्रीमती अर्कै सँग टाप

समाचार

नेपालको अर्थतन्त्र अहिले रेमिटेन्सले धानेको छ । नेपाली युवाहरुले विदेशमा गएर दुख गरेर । कमाएको पैसा रेमिटेन्सको रुपमा कतै राम्रो काममा पनि प्रयोग भएका छन् जसले नेपालीहरुको जिवनस्तर उकासेको छ । तर केही युवाहरुको भने विल्लिबाँठ भएको छ । परिवारका लागि विदेशमा दुख गरेर । कमाएको पैसा बोकेर आफ्नै श्रीमती हिनिदिए पछि

उनीहरुको जिवन उजाडिएको छ । पछिल्लो समय त्यस्ता थुप्रै उदाहरण हाम्रा सामु सार्वजनिक भएको छ । यहाँ पनि त्यस्तै एउटा दुखद खबर छ । विदेशमा दुख गरेर शुकलाल लाखौं रुपैया जम्मा गरे । विदेशवाट श्रीम तीलाई आफुले कमाएको रकम नेपालमा खुरुखुरु पठाए । श्रीमतीले घर परिवार धानेर बसेकी छ,घर ब्यवहार मिलाउँछे भनेर आफुले खाइनखाई

जम्मा पारेको पैसा पठाउने गरेका थिए । आफ्नो नाममा एक पैसा पनि राखेनन् । जब अब त परिवारलाई ब्यवस्था गर्न यति रकम भएपछि पुग्छ । भन्ने ठानेर उनी नेपाल फर्किए श्रीमती घरमा थिइनन् । आफुले वर्षौ सम्म कमाएको सम्पत्ती पनि थिएन । त्यस्तै घटना अर्को पनि छ । मकवानपुरका शुकलाल केही वर्ष देखि वैदेशिक रोजगारीका लागि मलेसिया थिए ।

उनी आफु नेपाल आउनु अघिल्लो दिन श्रीमतीलाई म भोली नेपाल आउँछु मलाई लिन विमानस्थल आउनु भनेर भने । तर श्रीमतीले म आउन पाउँदिन छोरालाई पठाउँछु भनिन् । छोरासंग उनी घर पुगे तर घरमा श्रीमती थिइनन् । सुनिता पाख्रिन उनको श्रीमती अहिले सम्म सम्पर्कमा छैनन् । शुकलाल अहिले २७ दिन देखि श्रीमतीको खोजीमा छन् । उनले प्रहरीमा

पनि उजुरी दिएका छन् तर अहिले सम्म उनको श्रीमती कहाँ छन् भन्ने थाहा हुन सकेको छैन । उनी जनवरी १० तारिखमा नेपाल आइपुगेका थिए । अहिले श्रीमती लामो समय देखि सम्पर्कमा नआएपछि । उनलाई छिमेकीलाई पनि केही कुरा सुनाएका थिए । छिमेकीले श्रीमती घरमा हुँदा एक जना ब्यक्ति घरमा आइरहने गरेको बताएका थिए । त्यही भएर उनले

श्रीमती अरुसंग गएको हो की भन्ने शंका लागेको छ । उनले यतिञ्जेल सम्म श्रीमतीलाई शंका समेत नगरेको बताए । त्यही भएर उनले श्रीमती हराएको भनेर प्रहरीमा उजुरी दिएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *