इन्काउन्ट`रमा मा`रिए ८ प्रहरीको ह`त्या गर्ने विकास दुबे

समाचार

काठमाडौं,आफूलाई पक्राउ गर्न आएका डिएसपी सहित ८ प्रहरीको ह`त्या गरेका भारतीय राज्य उत्तर प्रदेश,कानपुरका गु`ण्डा नाइके विकास दुबे प्रहरी इन्काउन्टरमा शुक्रबार मारिएका छन्।

भारतीय संचारमाध्यमहरूले दुबेलाई लिएर आइरहेको उत्तर प्रदेशको एसटिएफको गाडी पल्टिएपछि प्रहरीको ह`तियार खोसेर भाग्न खोज्दा प्रहरीले गरेको जवाफी हमलामा दुबे मा`रिएको दाबी गरेका छन्।
दुबेलाई लिएर आउने क्रममा सो गाडी कानपुर नजिक दु`र्घटनामा परेको थियो।

असार १८ गते आफूलाई पक्राउ गर्न आएको प्रहरी टोलीलाई दुबेको समूहले जेसिबीले बाटो छेकेर ह`मला गर्दा घटनामा एक डिएसपी,तीन सब-इन्सपेक्टर र चार कन्स्टेबल मा`रिएका थिए।
ह`त्यापछि फरार रहेका दुबेलाई बिहीबार प्रहरीले मध्य प्रदेशको उज्जैन जिल्लाको महाकाल मन्दिरबाट पक्राउ गरेको थियो।

दुवेको छाती र कम्मरमा गो`ली लागेको छ। उनलाई अस्पताल लैजाँदै गर्दा बिहान सात बजेर ५५ मिनेटमा दुवेको मृत्यु भएको भारतीय प्रहरीको दाबी छ।
source-setopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *