डाक्टर को भेसमा झापा पुगेका २ युवा पक्राउ ।

समाचार

काँकडभिट्टा– चिकित्सकको भेष धारण गरेर काठमाडौंबाट झापाको काँकडभिट्टा पुगेका २ जना युवा पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले २ जना युवालाई पक्राउ गरेको हो । फक्राउ पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी छन् । प्रहरीले उनीहरुको साथबाट डा. विनोद श्रेष्ठ नाम गरेको नक्कली परिचय पत्र समेत बरामद गरेको छ ।उनीहरु बिहान बा ६ च ७०१९ नम्बरको कार चढेर काँकडभिट्टा आइपुगेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार सोधपुछ गर्ने क्रममा उनीहरुले झापामा स्वास्थ्य शिविर चलाउन आएको बताएका थिए ।

कोरोनाको सन्त्रासका कारण देशव्यापी लकडाउनको आवस्थामा स्वास्थ्य शिविर सञ्चालन गर्ने भनेपछि प्रहरीले उनीहरुसँग मेडिकल काउन्सिलको दर्ता नम्बर मागेको थियो । मेडिकल काउन्सिलको दर्ता नम्बर दिन नसकेपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।
सोधपुछका क्रममा उनीहरु अरु नै कामका लागि डाक्टरको भेष धारण गरेर झापा पुगेको खुलेको एसपी कोइरालाले बताए । दुवै जना लागू औषधको खोजीका लागि काठमाडौंबाट झापा पुगेको हुन सक्ने एसपी कोइरालाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *