अत्यन्तै दु:खद खबर: पाकिस्तानले गरेकाे गो’लाबारीमा एक गोर्खा सैनिकको मृ’त्यु

समाचार

नयाँदिल्ली:भारत-पाकिस्तानकाे विवादित क्षेत्र जम्मू–कश्मीरमा सीमा रक्षा गर्ने क्रममा एक जना गोर्खा सैनिककाे ज्यान गएकाे छ । जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल (एलओसी) क्षेत्र नजिक शुक्रबार भएको गोलीबारीमा भारतीय सेनाका एक जना नेपाली गोर्खा सैनिकको ज्या’न गएकाे हाे ।

शुक्रबार बिहान करिब एक बजेतिर पाकिस्तानतर्फबाट भएको गो’लाबारीमा परेर जम्मू–कश्मीरको नोसेरा क्षेत्रमा खटिएका हवलदार सम्बर गुरुङको मृ’त्यु भएको भारतीय सेनाले जनाएको छ ।

गो’लाबारीमा घा’इते गुरुङको उपचारका क्रममा क्रममा मृ’त्यु भएको हो । भारतीय सेनाका जम्मू कमाण्डका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्दर आनन्दले कान्तिपुरसँग घटना शुक्रबार सबेरै भएको र उपचारका क्रममा गुरुङको मृ’त्युको पुष्टि गरे ।

प्रवक्ता आनन्दका अनुसार ३६ वर्षीय गुरुङ नेपालको गोरखा जिल्लाको आरुघाट गाउँपालिकाको मान्बु निवासी हुन् ।  यसअघि ८ असारमा  नोसेरा क्षेत्रमै खटिएका गुल्मी जिल्ला घर भएका हवलदार दीपक कार्कीको मृ’त्यु भएको भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *