भारतीय न्यूज च्यानल बन्द गरेकोमा पत्रकार किशोर नेपाल र सरिता गिरीले गरे बिरोध

समाचार

काठमाडौं । पूर्व सांसद सरीता गिरिले भारतीय च्यान नेपालमा बन्द गरेकोमा आपत्ति जनाएकी छिन् । उनले सबै च्यानललाई एउटै नजरले हेर्ने कुरा गलत भएको बताएकी हुन् । सामाजिक सञ्जालमा सक्रिय सरिता गिरिले आज आफ्नो बिचार व्यक्त गरेकी हुन् ।

पत्रकार किशोर नेपालले पनि भारतीय च्यानल बन्दको बिरोध गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, के यो पागलहरूको बस्ती हो ? कडा रोक अश्लिल सामग्री प्रसारणमा लगाउ समाचार र विचारलाई रोक्ने होइन । निर्णयलिंदा बिबेक नगुमाउ । यो बस्ती पागलहरूको होइन । तानाशाही मू’र्दावाद मू’र्दावाद मू’र्दावाद ।

किशोरकै उक्त ट्वीट रिट्वीट गर्दै सरिता लेख्छिन्, हामी भारतीय च्यानल बन्द गरेको बिरुद्धमा छौं, सरकारलाई कुनै समस्या भए कुटनैतिक पहलबाट समाधान गर्न सक्छ । उनको यो बिचार प्रति धेरैको प्रतिक्रिया आएको छ । धेरैले उनलाई गाली गरेका छन् भने केहीले भने उनलाई समर्थन गरेका छन् ।

नेपालमा भारतीय न्यूज च्यानल हेर्न नमिल्ने बनाइएको भन्दै सबैतिर यसको स्वागत भएको छ । नेपालले भारतद्धारा अतिक्रमित जमिन लिम्पियाधुरा समेत समेटेर नयाँ नक्सा जारी गरेपछि भारतमा त्यस विरुद्ध कोकोहोलो मच्चिएको छ । भारतको विरोधका बावजुद संसदवाट संविधान संसोधनको प्रस्ताव पारित भएर नया नक्सा निसान छापमा पनि समेटिएपछि भारतीय मिडिया थप उग्र भएका छन् ।


भारतीय मिडियो तल्लो स्तरमा ओर्लिएर समाचार बनाइरहेका छन् । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदुतलाई लिएर अनर्गल प्रचार समेत गरेका छन् । भारतीय मिडियामा यस्ता कुरा आएपछि नेपालमा ति च्यानल हेर्न नमिल्ने बनाइएको हो ।

भारतीय च्यानलमा प्रधानमन्त्रीको मान मर्दन हुने खालको समाचार प्रसारण भएपछि सर्वसाधारणले समेत त्यसको विरोध गर्दै आएका थिए । सर्वसाधारणले नै भारतीय च्यानल बन्द गर्न माग राख्दै आएका थिए । सामाजिक सञ्जालमा भारतीय च्यानल बन्द गर्न माग गर्दै आवाज उठेको थियो । अहिले भारतीय च्यानल हेर्न नमिल्ने बनाइएपछि सर्वत्र प्रशंसा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *