लाईभमा आएर दिपकराज गिरि भन्छन ‘छक्का पञ्जा’ ब्रान्डमाथि प्रहार भयो

समाचार

एक समयकी अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले एक टेलिभिजन अन्तर्वार्तामा अभिनेता राजेश हमाल ‘महानायक’ होइन भन्ने आशय व्यक्त गरेपछि उत्पन्न भएको विवादले यतिबेला सिंगो देश नै तताएको छ । यो विषय संसद् भवनमा समेत प्रवेश गर्न सक्ने संकेत देखिएको छ । किनभने‘महानायक’को विवादमा सांसद गंगा चौधरीले समेत आफ्नो

धारणा राखिसकेकी छन् । राजेश हमाललाई‘महानायक’को रुपमा स्वीकार नगरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले दीपाश्रीलाई तल्लो स्तरमा ओर्लिएर गाली गलौच गरिरहेका छन् । हमालका प्रशंसकसँग उनले माफी मागिसक्दा पनि गालीको वर्षा रोकिएको छैन । उनको अभिव्यक्तिमा समर्थन गरेको भन्दै कलाकार दीपकराज गिरीमाथि पनि स्वघोषित ‘महानायक’

भन्दै प्रहार भइरहेको छ । यस विषयमा केही दिनअघि उनले सामाजिक सञ्जालको माध्यमबाट आफ्नो लक्ष्य कहिल्यै ‘महानायक’ को घरतिर नमोडिएको बताउँदै आफ्नो गल्ती विनै जबरजस्ती रुपमा ‘महानायक’ बनाउनेहरूलाई धन्यवाद दिएका थिए । यो विवाद साम्य हुने संकेत नदेखेपछि उनले आइतवार फेसबुकमा एक भिडियो पोस्ट्याउँदै ‘छक्का पन्जा’ को

ब्रान्डमाथि प्रहार भएको बताएका छन् । दीपकराजले अभिनेता हमालसँग दीपाश्रीबाट भएको गल्तीको माफी माग्दै भनेका छन्, ‘राजेश हमाल ‘महानायक’ हो वा होइन भनेर टिप्पणी गर्ने अधिकार हामीलाई छैन । इन्डस्ट्रीले एउटालाई‘महानायक’ मान्छ भने हामी त्यसलाई सम्मान गर्नुपर्छ । दीपाजीले प्रयोग गरेका शब्दहरु र उहाँको बडिल्याङ्वेजमा कमजोरी भयो ।

उहाँले शब्द नै मिलाउन सक्नुभएन त्यो गल्ती हो । दीपाश्रीले माफी मागिसक्दा पनि यो विवाद साम्य नहुनुलाई आफ्नो समूहमाथि साइबर बुलिङ भएको उनको भनाई छ । उनले सामाजिक सञ्जालमा आफूहरुमाथि असभ्य भाषा प्रयोग गर्नेमध्ये ७५ प्रतिशत फेक आइडीबाट भएको उनी बताउँछिन् । उनले थपेका छन् केही प्रतिशत राजेश हमालप्रतिको प्रेम छ ।

त्योभन्दा ठूलो प्रहार‘छक्का पञ्जा’ब्रान्डमाथि भइरहेको छ । यस विवादमा कलाकारिता क्षेत्रमा आबद्ध बरिष्ठ व्यक्तिहरुले पनि दोहोरो भूमिका खेलेको दीपकराजले आरोप लगाएका छन् । विवादित विषयलाई मिलाउनुभन्दा आइ एम विथ राजेश हमाल भन्दै माहोल भड्काउने काम भइरहेको र पहिला राजेश हमालको बारेमा नकारात्मक टिप्पणी गर्नेहरु अहिले हमालको

पक्ष लिएर माहोल गरम बनाइरहेको उनको टिप्पणी छ ।
उनले दीपाश्रीमाथि अस्लिल गाली गर्नेहरुप्रति लक्षित गर्दै भनेका छन् के तपाईंले आफ्नो दिदी बहिनीको बिषयमा पनि यस्तै शब्द प्रयोग गर्न सक्नुहुन्छ । तपाइको दिदी बहिनी पनि कुनै केटा साथीसँग काम गर्नुहुन्छ के उहाँलाई पनि तपाई दिपाश्रीलाई प्रयोग गरे जस्तै शब्द प्रयोग गर्नुहुन्छ त ? दीपकले यो विवाद साम्य पार्न आफू राजेश हमालसँग भेट गर्ने सोचमा रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *