अमेरिकन आइडलमा ‘बब मार्ली’को गीत गाउँदै दिवेशले दिए धमाकेदार प्रस्तुती, उत्कृष्ट २० मा छानिए ।

भिडियो

काठमाडौँ । कर्णाली, प्रलय बीजस्ता गीत बजारमा ल्याएर चर्चा बटुलीरहेका नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलमा पनि कमाल गरिरहेका छन् । चर्चित अमेरिकी गायन रियालिटी शो अमेरिकन आइडलको उत्कृष्ट २० मा छानिएसँगै जजहरुको नजरमा पनि दिवेश अब्बल देखिएका छन् ।

यसअघिका प्रस्तुतीमा ३ वटै जजको मन जितेका दिवेशले बब मार्लीको क्लासिकल गीत इज दिस लभ गाउँदा जजहरुले खुलेर तारिफ गरेका छन्आफ्नो परिवार सहित देखा परेका दिवेशले पछिल्लो प्रस्तुतीमा कार्यक्रममा उपस्थित दर्शकहरुको मन जित्न सफल भएका छन् ।

यसैबिच दिवेशलाई अबको यात्राको लागि उनको प्रस्तुतीसँगै सामाजिक संजालमा फलोअरको संख्या पनि चाहिने भएको छ । जसका लागी दिवेशले आँफुलाई सर्पोट गर्नका लागी अमेरिका सहित विश्वभर रहेका नेपालीहरुमाझ अपिल पनि गरेका छन् । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *