सवारी दुर्घटनामा ३ जनाको मृत्यु

लोकप्रिय

कन्चनपुर । कृष्णपुर नगरपालिका-५ वनदेवीस्थित सडकमा म.३ प ८९१ नम्बरको मोटरसाइकलले सोमबार बिहान साइकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल वतन नखुलेकी तारा बोहराको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी उनको उपचारका लागि पदमाअस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो

यसैगरी बाँके,नेपालगंज उपमहानगरपालिका-१ नन्दनी मिलस्थित सडकमा भे.१ ख ३००३ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री सोही उपमहानगरपालिका-११ भट्टी टोल बस्ने ६० वर्षीय बुद्ध सागर लखेरको आइतबार राति मृत्यु भएको छ । टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली,चुरे गाउँपालिका-३ धप्रेनीस्थित सडकमा से.१ ख १७३१ नम्बरकको मिनी ट्रक आफै अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा ट्रकमा सवार बझाङ बुङगल नगरपालिका-२ बस्ने ५५ वर्षीय राम बहादुर बोहराको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *