हट्यो भारतीय च्यालनमाथिको प्रतिबन्ध , चारवटा बाहेक खुले अन्य च्यानल

समाचार

९ असार, काठमाडौंः नेपालमा प्रसारणका लागि प्रतिबन्ध लगाइएका च्यालनहरु खुलेका छन् । केवल अपरेटरहरूले चार वटा भारतीय समाचार च्यानलबाहेक अन्य च्यानलको प्रसारण खुल्ला गरेका हुन् ।

आज आइतबार बसेको केवल अपरेटरहरूको वैठकले जी–न्युज, आजतक, इन्डिया टिभी र एबिपी न्यूज च्यानलबाहेक अन्यलाई खुल्ला गरेको हो । यी च्यालनहरुमा भने प्रसारणमा प्रतिबन्ध कायम नै रहेको छ ।

चार बाहेकका अन्य च्यालनको प्रसारणमा प्रतिबन्ध लगाउनु उचित नभएको केवल अपरेटरहरुले बताएका छन् । उनीहरुले हिजो रातीबाटै चार बाहेक अन्य भारतीय च्यालनको प्रसारण खुल्ला गरिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *