काठमाडौं मा भिडभाड कम गर्न ११ निस्चित स्थानमा तरकारी किनबेच गर्ने गराउने नियम लागू गरियो।

समाचार

काठमाडौँ, २४ चैत- बल्खु र कालीमाटीको तरकारी बजारमा भएको भीडभाड कम गर्न काठमाडौँ महानगरपालिकाले विभिन्न ११ स्थानमा तरकारीका बिक्री कक्ष निर्धारण गरेको छ ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि महानगरपालिकाले तय गरेका स्थानमा कलङ्की चोक, बाफल चोक, स्वयम्भू चोक, वनस्थली चोक, गङ्गबु चोक, वसुन्धरा चोक, गोपीकृष्ण हल चोक, तीनकुने चोक, लैनचौर, रत्नपार्क र कोटेश्वरचोकमा लकडाउन अवधिभरि वैकल्पिक तरकारी बजार सञ्चालनका लागि स्थान तय गरेको हो ।

महानगरपालिकाको कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीका अनुसार पहिलो चरणमा ११ ठाउँबाट थोक बिक्रीका लागि स्थान उपलब्ध गराएको बताउनुभयो । “कालीमाटी तथा बल्खुको फलफूल बजारमा बढ्दो भीडभाड नियन्त्रण तथा व्यवस्थापन गर्न हामीले विभिन्न ११ स्थानबाट बिहान ८ः०० बजेसम्म बिक्री गर्ने व्यवस्थाका लागि स्थान उपलब्ध गराइएको छ”, उहाँले भन्नुभयो । प्रमुख भण्डारीका अनुसार ती स्थानबाट सबै खाले फलफूल र तरकारी उपलब्ध गराइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *