टी–ट्वान्टी विश्वकप क्रिकेट तोकिएको मितिमै हुने ।

खेलकुद

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टी–ट्वान्टी विश्वकप निर्धारित समयमै हुने प्रष्ट्याएको छ ।गत महिना महिला टी–ट्वान्टी विश्वकपको सफल आयोजना गरेको अष्ट्रेलियाले नै ६ महिनापछि पुरुष टी-ट्वान्टी आयोजना गर्दैछ ।

पुरुष विश्वकप अष्ट्रेलियामा अक्टोबर १८ देखी नोभेम्बर १५ सम्म आयोजना हुने तालिका छ ।आईसीसीले हालै एक विज्ञप्ति जारी गर्दै समयमै विश्वकप गराउने तयारी भएको प्रष्टाएको छ ।
६ महिनापछि हुने खेललाई कोरोनाले खासै प्रभाव नपार्ने भएकाले समयमै हुने आइसीसीको आकलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *