माहाबिर पुनले सुरु गरे ठुलठुला अस्पतालमा बिग्रिएर थन्किएका भेन्टिलेटरहरू बनाउन।

समाचार

कोरोनाभाइरस संक्रमित बिरामी संख्या थपिँदै गएको अवस्थामा अस्पतालका भेन्टिलेटरहरू तयारी अवस्थामा राख्नु पर्नेमा मर्मत हुन सकेका छैनन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको आइसियू कक्षका ६ वटा भेन्टिलेटरले काम गर्दैन। ट्रमा सेन्टरका १० वटा भेन्टिलेटर पनि मर्मत गर्नुपर्ने अवस्थामा छ। ललितपुरस्थित गणेशमान सिंह मेमोरियल अस्पतालका चार वटा भेन्टिलेटर पनि मर्मतको पर्खाइमा छ।

प्राविधिक नपाइएको र सामग्री अभाव भएकोले भेन्टिलेटर मर्मत गर्न नसकिएको अस्पतालहरूले जनाएका छन्। त्रिवि शिक्षण अस्पतालका निर्देशक डाक्टर प्रेम खड्गाले सामान्य मर्मत गरेपछि भेन्टिलेटर पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकिने जानकारी दिए।भनेको बेला सामान पाइँदैन, प्राविधिक पनि पाइएन,उनी भन्छन प्रयोगमा नआएका भेन्टिलेटर सामान्य मर्मत गर्नुपर्नेछ। निर्देशक खड्गाका अनुसार शिक्षण अस्पतालमा २० वटा भेन्टिलेटर सञ्चालनमै छ।

‘ट्रमाको सातवटामध्ये दुइटा भेन्टिलेटर मर्मत गरिसकियो, अरू मर्मत गरिँदैछ,उनले सेतोपाटीसँग भने। बिग्रेका भेन्टिलेटरको अवस्था हेरेर मर्मतका लागि कति खर्च लाग्छ भन्न सकिने पनि उनले बताए। सबै भेन्टिलेटर मर्मतका लागि आविष्कार केन्द्र ल्याउन लकडाउनका बेला समस्या पर्ने उनले बताए। भेन्टिलेटर मर्मत गर्न प्राविधिक मात्र होइन आर्थिक रूपमा सहयोग गर्न परे पनि आफू तयार रहेको पुनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *