आब आउने नेपाली नोटमा येस्तो हुन्छ हस्ताक्षर ।

राष्टिय

२४ चैत । काठमाडौं : नेपाल राष्ट्र बैंकको १७ औं गभर्नरमा चाटर्ड एकाउन्टेन महाप्रसाद अधिकारी नियुक्त भए संगै अब छापिने नेपाली नोटमा पनि नयाँ हस्ताक्षर हुनेछ ।

सोमबार बसेको मन्त्रीपरिषदको बैंठकले उनलाई गभर्नरमा नियुक्त गरेसंगै नेपाली नोटमा हुने हस्ताक्षर पनि फेरिने भएको हो ।
यसअघि नेपाली नोटमा चिरञ्जिवि नेपालको हस्ताक्षर थियो भने अब गभर्नर अधिकारीको हस्ताक्षर हुनेछ ।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठन भएको समितिले अधिकारी सहित डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पूर्व सचिव राजन खनाललाइ सिफारिस गरेको थियो।

नेपाल राष्ट्र बैंकमै करिब २२ वर्ष काम गरेका अधिकारी पुर्व डेपुटी गभर्नर समेत हुन् ।अधिकारीले सन् १९९३ मा दि इन्डियन इन्टिच्यूट अफ चाटर्ड एकाउन्टेन्सिबाट चाटर्ड एकाउन्टेन्सीसम्मको अध्ययन पुरा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *