ग्यास उद्योगमा शव फेला ।

समाचार

खैरहनी, २४ चैत । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं–९ खुरखुरेमा रहेको नेपाल ग्यास उद्योग हाताभित्र आइतबार साँझ एक पुरुषको शव फेला परेको छ ।

उद्योगमा भौतिक संरचना निर्माणको काममा खटिएका बारा जिल्ला फेटा गाउँपालिका वडा नं–३ का ४६ वर्षीय शखिचन महराको शव फेला परेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिनुभयो ।

घटनाको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने बताइएको छ । साथै घटनाको विषयमा थप अनुसन्धान भइरहेको को छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *